अनुगमनपूर्व व्यापारीलाई सूचना दिने उपसचिव पन्तसँग स्पष्टीकरण मागियो
बुधबार, ०१ भदौ २०७३, २३ : २९
काठमाडौँ– अनुगमनपूर्व नै व्यापारीलाई जानकारी दिएको भन्दै आपूर्ति मन्त्रालयले उपसचिव अर्जुन पन्तलाई २४ घन्टाभित्र लिखित स्पष्टीकरण दिन भनेको छ । छड्के अनुगमन गरिरहेका बेला मङ्गलबार व्यवसायीलाई अग्रिम सूचना दिएको भन्दै आपूर्ति मन्त्रालयका उपसचिव पन्तसँग २४ घन्टे लिखित स्पष्टीकरणको मागसँगै सूचना अधिकृतको जिम्मेवारीबाट हटाइएको मन्त्रालयका सहसचिव आनन्दराम रेग्मीले जानकारी दिए ।
पन्तले एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिव घिमिरेलाई अनुगमन हुन लागेको सूचना अग्रिम रुपमा दिएपछि मङ्गलबार बेलुकै पन्तसँग स्पष्टीकरण सोधिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण