प्रचण्डको विशेष दूत बनेर आज दिल्ली जाँदै निधि, यस्तो छ भ्रमणको उद्देश्य
काठमाडौं– उपप्रधानमन्त्री विमलेन्द्र निधि आज भारत जाँदैछ । प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा उनी दिल्ली जान लागेका हुन् । दिल्लीमा रहँदा उनले राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजलगायतका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । निधि पाँच दिनसम्म भारतमा रहनेछन् ।
दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन, भारतीय राष्ट्रपतिको नेपाल भ्रमण गराउन र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री दाहालको भ्रमणको तयारी गर्न उनको भारत भ्रमणको उद्देश्य रहेको बताइएको छ ।
साताअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रचण्डको विशेष दूतका रुपमा दुई उपप्रधानमन्त्रीलाई भारत र चीन पठाउने निर्णय गरेको थियो ।
निर्णयअनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा अहिले चीनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण