नेविसंघ निर्वाचनको मतगणना सुरु, तीन घण्टाभित्र नतिजा
बिहीबार, ०२ भदौ २०७३, ११ : १६
काठमाडौं– नेविसंघ निर्वाचनको मतगणना सुरु भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा बिहिबार बिहान ११ बजेदेखि मतगणना सुरु भएको हो । निर्वाचन समिति सदस्य कृष्ण पनेरुले दिएको जानकारी अनुसार विद्युतिय तर्फको ४ स्थान र मतपत्रको ३ स्थामा मतगणना भइरहेको छ । उनले सबै पदहरुको मतपरिणाम तीन घण्टाभित्र आइसक्ने बताए ।
बुधबार मध्यान्ह १२ बजेदेखि सुरु भएको निर्वाचन कार्यक्रम बिहिबार बिहानसम्म चलेको थियो भने निर्वाचनमा जम्मा ३३ सय ७ मत खसेको थियो ।
नेविसंघको ११ औं महाधिवेशनमा नेतृत्वका लागि ६ सय ८५ जनाको उम्मेद्वारी परेको थियो । उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र सदस्यको १ सय २९ पद्का लागि ६ सय ८५ जनाको उम्मेद्वारी परेको हो । सभापतिमा शुभराम बस्नेत, नैनसिंह महर, मनोजमणि आचार्य, आनन्दराज त्रिपाठी, लक्ष्मण आचार्य, नगेन्द्रसिंह ठकुरी र बचन कार्की उम्मेद्वार रहेका छन् । २ महामन्त्रीका लागि ५ जना उम्मेद्वार रहेका छन् भने एक कोषाध्यक्षका लागि ४ जनाको उम्मेद्वारी रहेको छ । मतदानबाट एक सभापति, ११ उपसभापति, २ महामन्त्री, १३ सहमहामन्त्री, एक कोषाध्यक्ष र १ सय १ जना केन्द्रीय सदस्य चयन हुने छन् ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण