वैज्ञानिक युगलाई चुनौती दिनेगरी अदृश्य शक्तिले ढुङ्गा बर्सायो, तीनजना घाइते !
उदयपुर– वर्तमान वैज्ञानिक युगलाई चुनौती दिने गरेर उदयपुर जिल्लाको पहाडी गाविस लाफागाउँ–१ पाकाना, तुम्चीमा अनौठो घटना घट्न थालेको छ ।
वरपर केही छैन, कोही पनि मानिस छैनन्, गाउँको उच्चस्थानको टारमा तीनवटा मात्र घर रहेको स्थानीयवासी बताउँछन् । तर मध्यदिनमा र रात्रिको समयमा अदृश्य शक्तिले ढुङ्गा बर्साउन थालेपछि एक हप्ताभित्र तीनजना स्थानीयवासी घाइते भइसकेको लाफागाउँ गाविस स्वास्थ्य चौकीका अहेब योगेन्द्रकुमार श्रेष्ठ बताउँछन् ।
श्रेष्ठका अनुसार सुरुमा मध्यरातको १२ बजे अचानक तीन किलोको ढुङ्गा स्थानीयवासीको घरभित्र नै खस्दा ओछ्यानमा सुतिरहेकी ११ वर्षीया बालिका सरिता तामाङलाई लाग्दा तामाङ सख्त घाइते भई अहिले अचेत अवस्थामा छिन् । त्यसपछि दोस्रो दिन मध्याह्न १२ बजे दिउँदो स्थानीयवासी जनमुनि राईको घरको आँगनमा ढुङ्गा बर्सन थालेपछि घरको आँगनमा बसेर काम गरिरहेका राई घाइते भई उनी पनि अहिले अचेत अवस्थामा रहेका छन् ।
यस्तै घटना घट्दै गएको चौथो दिनको मध्याह्न १२ बजेको समयमा फेरि आकाशबाट ढुङ्गा बर्सन थालेपछि जनमुनि राईको १६ वर्षीय छोरा घाइते हुन पुगेको लाफागाउँ–३ का ध्रुव बस्नेतले बताएका छन् ।
लाफागाउँभरि घटनाका बारेमा सनसनीपूर्ण हल्ला बाहिर आएपछि गाउँले भेला भएर हेर्न जाँदा पनि घरी–घरी जनमुनि राईको घरको आँगनमा ढुङ्गा खस्ने गरेको र ढुङ्गा कताबाट आयो भनेर नदेखिने तर भुइँमा झरेर बज्रिएपछि मात्र आवाज सुनिने र देखिने गरेको प्रत्यक्षदर्शी बताउँछन् ।
आफ्नै गाउँमा भएको घटनाका बारेमा सुनेर जिल्ला सदरमुकाम गाईघाटमा रहेका नेकपा माओवादी (बिप्लव समूह) का जिल्ला सेक्रेटरी केदार राईसमेत घटनास्थलमा पुगेका थिए ।
दुई दिनअघि मात्र गाउँको घटनास्थल पुगेका राईले रात्रिको समयमा गाउँलेसँग घटनास्थलमा बसेर अध्ययन गर्दा मध्यरातमा प्रत्यक्ष रुपमा ढुङ्गा बर्सेको र केही ढुङ्गा भुइँमा खसेको देखेको राईले घटनास्थलबाट बताउँदै पुष्टिसमेत गरेका छन् ।
राईले भने, “म लगायत दशजना गाउँले के हो त वास्तविक कुरा भनेर राति सोही स्थलमा बास बस्यौँ, तर मध्यरातमा अचानक ढुङ्गा खस्न थाले, अनि केही समयपछि खस्ने क्रम रोकियो, खसेका ढुङ्गा तीन देखि पाँच किलोसम्मका रहेका छन् ।”
घटनाका बारेमा राईले जिल्ला प्रहरी कार्यालय उदयपुरलाई खबर गराएपछि प्रहरी चौकी साउनेको टोली पनि घटनास्थल पुगेर अहिले अध्ययन गरिरहेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
यस विषयमा उदयपुरका प्रहरी नायब उपरीक्षक ओम रानाले भने, “हाम्रो प्रहरी टोली घटनास्थल पुगेर अध्ययन गरिरहेको छ, ढुङ्गा खसेको आवाज आउँछ र ढुङ्गाहरु पनि खसेर भुइँमा झरेको पुष्टि भएको छ ।” लाफागाउँका हर्कबहादुर राईका अनुसार केही महिनाअघि अदृश्य शक्तिको ढुङ्गा लागेर घाइते भएकी ११ वर्षीया बालिका सरिता तामाङ रात्रिको समयमा हराएकी थिइन् ।
राती घरमा अन्य परिवारसँगै सुतिरहेकी तामाङलाई लामो–लामो केस भएको कालो मानिसजस्तो आकृति आएर जङ्गलतिर लगेर गएको उनी बताउँछन् । बिहान उज्यालो हुने बेला तामाङलाई उक्त शक्तिले घरमा नै ल्याएर छाडेको र तामाङलाई उक्त शक्तिले यो कुरा कसैलाई नभन्नु, भने राम्रो नहुने बताएको राई बताउँछन् । तर तामाङ्ले उक्त कुरा पहिला दिदी र पछि अरूलाई सुनाएपछि उक्त टोलमा ढुङ्गा बर्सन थालेको राई बताउँछन् ।
ढुङ्गाले लागेकी बालिका तामाङ अहिले अचेत अवस्थामा रहेको र ढुङ्गाको चोट भने नदेखिएको पनि घटनास्थलका प्रत्यक्षदर्शी बताउँछन् । यो वैज्ञानिक युगमा अदृश्य शक्तिबाट भएको यस्तो घटनाको वास्तविकता के हो भनेर अध्ययन गर्न वैज्ञानिक अध्ययन नै गर्नुपर्ने निष्कर्षमा प्रहरीसमेत पुगेको छ । रासस
काल्पनिक फोटो : infotainment.jagranjunction.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण