चितवनका विद्यार्थीले रोबोट बनाए
चितवन– नेपाल पोलिटेक्निक इन्स्टिच्युट, भरतपुरमा अध्ययनरत विद्यार्थीले प्राकृतिक प्रकोपमा जमिन तथा मानवनिर्मित संरचनाभित्र फसेका मानिसको उद्धारमा सहयोगी हुने रोबोट निर्माण गरेका छन् ।
इन्स्टिच्युटअन्तर्गत इलेक्ट्रिकल ओभरसियर छैटौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीले भत्किएका संरचना र जमिनभित्र गई त्यहाँ भएका जीवित मानिसलाई उद्धार गर्न विशेष किसिमको सूचना जडित प्रविधि जडित गरी रोबोट बनाएका हुन् ।
रोबोटले संरचनाभित्र पुरिएर रहेका मानिसको अवस्थाका बारेमा भिडियो तथा अडियो सूचना नियमित प्रवाह गर्नेगरी निर्माण गरिएको निर्माणको नेतृत्व गरेका विद्यार्थी श्यामकृष्ण खतिवडाले बताए । ब्याड पाक्स नामाकरण गरिएको उक्त रोबोटलाई वाइफाइको माध्यमबाट कम्प्युटर तथा मोबाइल एपको प्रयोग गरी नियन्त्रण गर्न सकिने खतिवडाको भनाइ छ ।
विशेष प्रकारको ३६० डिग्री घुमाउन मिल्ने क्यामरा जडान गरिएको उक्त रोबोटले संरचनाभित्रको अवस्थाको भिडियो नियमित कम्प्युटरमा पठाउने गर्दछ ।
रोबोटको माध्यमबाट विपत्तिमा परेका मानिसलाई औषधि तथा पानी पनि पु¥याउन सक्ने गरी डिजाइन गरिएको अर्का विद्यार्थी अभिषेक काफ्लेले बताउनुभयो । विद्यार्थीले ५० हजार रुपैयाँ लागतमा करिब नौ महिनाको मिहिनेतपछि उक्त रोबोट तयार पारेका हुन् ।
इन्स्टिच्युटका प्रिन्सिपल इन्जिनियर बाबुराम उपाध्यायले प्राकृतिक विपत्तिमा परेकाको उद्धारमा रोबोट सहयोगी हुने विश्वास व्यक्त गरे । उनले यसबाट अन्य विद्यार्थीलाई प्रेरणा मिल्ने पनि बताए । आगामी दिनमा यसलाई अझै सुधार गरी लैजान कलेजले सहयोग गर्ने उनको भनाइ थियो ।
कलेजका प्रमुख प्रशासक शिव सुवेदीले विद्यार्थीको लगनशीलताको प्रशंसा गर्दै अनुशासित भएर अध्ययन–अनुसन्धान गर्दाको परिणाम यो रोबोट तयार भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण