प्रहरी प्रधान कार्यालयमा गरिएको आक्रमणमा तीनको मृत्यु
अङ्कारा– पूर्वी टर्कीमा पर्ने भ्यान प्रान्तमा अवस्थित प्रहरी प्रधान कार्यालयमा बुधबार राति अबेर भएको कारबम आक्रमण र गोली प्रहारमा तीन सर्वसाधारणको मृत्य हुनुको साथै अन्य ४० घाइते भएका टर्कीको डोगन समाचार समितिले जानकारी दिएको छ । सो आक्रमणमा परी दुई प्रहरी अधिकारीसहित ४० व्यक्ति घाइते भएका छन् । कुर्दिस वर्कर पार्टी (पिकेके) आतङ्ककारीले यो आक्रमण गराएको बताइएको छ । भ्यान प्रान्तको चहलपहल भै रहने केन्द्र भागमा अवस्थित प्रहरी प्रधान कार्यालयमा स्थानीय समयानुसार बुधबार राति ११ बजे तिर सो घटना भएको थियो । भ्यान महानगरका स्थानीय बासिन्दाले सहरभरी गोली प्रहार र बम आक्रमणको आवाज सुनिएको बताएका छन् । रातभरी एम्बुलेन्सका साइरन बज्नुका साथै प्रधान कार्यालयको सुरक्षार्थ उल्लेख्य परिमाणमा प्रहरी बल परिचालन गरिएको थियो । आतङ्ककारी आक्रमणबाट वरपरका कैयौँ भवनका झ्याल ढोका क्षतिग्रस्त भएका छन् । आक्रमण गर्न प्रयोग गरिएका कारहरु पनि क्षतबिक्षत अवस्थामा घटनास्थलदेखि सयौं मिटर टाढासम्म यत्रतत्र छरिएका थिए । गत जुलाइ महिनादेखि पिकेकेको शृङ्खलाबद्ध हिंसात्मक गतिविधि बढ्दै गएका कारण दोहोरो गोली हानाहानमा अहिलेसम्ममा टर्की तथा उत्तरी इराकमा ५०० भन्दा बढी सरकारी सुरक्षाकर्मीहरु र एक हजार भन्दा बढी पिकेके आतङ्ककारीले ज्यान गुमाइ सकेका छन् । त्यसैगरी, पिकेके आतङ्ककारीले सन् १९८४ देखि सरकार विरोधी आक्रमण सुरु गरेको त्यस समययता यस समूहसँगको द्वन्द्वमा परी चालीस हजार भन्दा बढी मानिसको मृत्यु भै सकेको छ । पिकेके समूहलाई टर्की, संयुत्त राज्य अमेरिका तथा युरोपेली संघले आतङ्कवादी संगठनको सूचीमा राखेका छन् । एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण