मधेस आन्दोलनमा मारिएका ५२ जनाको परिवारलाई १० लाख दिने सरकारको निर्णय
बिहीबार, ०२ भदौ २०७३, १२ : १९
[caption id="attachment_68619" align="alignright" width="754"] File photo[/caption]
काठमाडौं– सरकारले मधेस आन्दोलनमा मारिएका १० सुरक्षाकर्मीसहित ५२ जनाको परिवारलाई जनही १० लाख दिने निर्णय गरेको छ ।
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।
बैठकले मधेस आन्दोलनको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय समेत गरेको छ ।
यसअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलन लगायत विभिन्न आन्दोलनमा मारिएका ६८ जनाको नाम राहतको लागि तय गरेकोमा सरकारले ५२ जनालाई १० लाख दिने निर्णय गरेको हो ।
नेपाल सरकारले सहिद परिवारलाई क्षतिपूर्ती दिने घोषणा गरेसँगै मोर्चाले सरकारलाई बुझाउन सहिदहरुको सूची तयार गरेको थियो । जसमा मधेस आन्दोलनका क्रममा मारिएका भारतीय नागरिक आशिष कुमार रामको समेत नाम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण