नेविसंघको मतगणना जारीः देउवा निकट नैनसिंह महरको अग्रता
बिहीबार, ०२ भदौ २०७३, १२ : ४४
काठमाडौं– नेपाल विद्यार्थी संघको निर्वाचनको मतगणना कांग्रेस पार्टी कार्यालय सानेपामा जारी छ । १२३१ मत गन्दा अध्यक्षका उम्मेद्वार नैनसिंह महरले अग्रता लिएका छन् । उनले ६३६ मत प्राप्त गरेका छन् भने मनोजमणि आचार्यले ५९५ मत प्राप्त गरेका छन् । महर सभापति शेरबहादुर देउवा निकटका हुन् भने आचार्य नेता रामचन्द्र पौडेल पक्षका हुन् ।
अहिलेसम्म एक नम्बर र दुई नम्बर प्रदेशको मतगणना सकिएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी महामन्त्रीतर्फ कुन्दन काफ्लेले अग्रता लिएका छन् । उनले ७७७ मतका साथ अग्रता लिएका छन् । यसैगरी महामन्त्रीतर्फ कुन्दन काफ्लेले अग्रता लिएका छन् । उनले ७७७ मतका साथ अग्रता लिएका छन् । यस्तै दीपक भट्टराईले ६२४ मत ल्याएका छन् । सरोज न्यौपानेले ६९१ मत ल्याएका छन् भने हिमाल श्रेष्ठले ५१७ मत ल्याएका छन् ।
कांग्रेस पार्टी कार्यालय सानेपामा बिहिबार बिहान ११ बजेदेखि मतगणना सुरु भएको हो ।
निर्वाचन समिति सदस्य कृष्ण पनेरुले दिएको जानकारी अनुसार विद्युतिय तर्फको ४ स्थान र मतपत्रको ३ स्थामा मतगणना भइरहेको छ । उनले सबै पदहरुको मतपरिणाम तीन घण्टाभित्र आइसक्ने बताए ।
बुधबार मध्यान्ह १२ बजेदेखि सुरु भएको निर्वाचन कार्यक्रम बिहिबार बिहानसम्म चलेको थियो भने निर्वाचनमा जम्मा ३३ सय ७ मत खसेको थियो ।
नेविसंघको ११ औं महाधिवेशनमा नेतृत्वका लागि ६ सय ८५ जनाको उम्मेद्वारी परेको थियो । उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र सदस्यको १ सय २९ पद्का लागि ६ सय ८५ जनाको उम्मेद्वारी परेको हो ।
मतदानबाट एक सभापति, ११ उपसभापति, २ महामन्त्री, १३ सहमहामन्त्री, एक कोषाध्यक्ष र १ सय १ जना केन्द्रीय सदस्य चयन हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण