क्वाँटीले मधुमेह र कब्जियत भएकालाई फाइदा पुर्याउँछ, थाहा पाउनुस् यसका १५ फाइदा
बिहीबार, ०२ भदौ २०७३, १३ : ०६
काठमाडौं । आज जनै पूर्णिमा अर्थात् क्वाँटी खाने दिन । धार्मिक मान्यताअनुसार प्रत्येक श्रावण शुक्ल पूर्णिमाको दिन क्वाँटी खाने प्रचलन रहेको छ । मास, भटमास, मुगी, ठूलो केराउ, मस्याङ, चना, सिमी, टाटे सिमी र बोडीको मिश्रण नै क्वाँटी हो ।
हिन्दू धर्मावलम्बीहरुले देशभर जनैपूर्णिमा अर्थात् ऋषितर्पण पर्व मनाउने गर्दछन् । तागाधारीहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको डोरो बांधी रक्षाबन्धन पनि गरिन्छ । आज बाँधिएको डोरो गाइ तिहारका दिन गाइको पुच्छरमा बांधेमा मृत्युपछि बैतरणी पार भइन्छ भन्ने जनविश्वास रहेको छ ।
जनैपूर्णिमाका अवसरमा पाटनको कुम्भेश्वर, रसुवाको गोसाइकुण्ड, नुवाकोटको देवीघाट, म्याग्दीको नागीबाराही लगायत देशका विभिन्न मन्दिरहरुमा पनि जनैपूर्णिमाको अवसरमा मेला लाग्ने गर्दछ । बिहान बाह्रमणले जपेको डोरो हातमा बाँध्ने, दिदिबहिनीले आफ्ना दाजुभाइलाई हातमा राखी बाँध्ने र बेलुका नौ प्रकारका गेडागुडी मिश्रित क्वाटी खाने हिन्दु मान्यता छ । खासगरी नेवार समुदायमा क्वाँटी खाने प्रचलन बढी छ । नेपाल कृषिप्रधान मूलुक भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिएको हो । क्वाँटी खाएर पर्व मनाउनुका साथसाथै यसै दिन रक्षा बन्धन पनि पर्ने भएकोले दिदी बहिनीहरुले आफ्ना दाजुभाईहरुलाई हातमा राखी बाँधेर हर्षोउल्साथका साथ यस दिन मनाउने गर्दछन् ।
क्वाँटी खानुका फाइदाहरु:
कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो।
मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ ।
यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ ।
तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ ।
यो सजिलै पाच्य हुन्छ ।
पेटमा अनावश्यक वायु बनाउँदैन ।
क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।
रोग प्रतिरोधात्मक शक्ति बढाउछ ।
रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ ।
क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ ।
मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ ।
टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ।
पाचनशक्तिमा सुधार ल्याउँछ।
गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा होटल सञ्चालक पक्राउ
-
पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
-
सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री
-
विवेक मण्डलको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगे नारायणकाजी श्रेष्ठ
-
बागमतीमा सकसः एमाले सत्ता परिवर्तन र कांग्रेस यही सरकारको निरन्तरताको पक्षमा
-
शिक्षा नियमावलीको दशौँ संशोधनप्रति आपत्ति, तत्काल सच्याउन माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण