अत्याधिक ज्वरोबाट एक वृद्धको मृत्यु
बिहीबार, ०२ भदौ २०७३, १३ : २५
सल्यान–सल्यानमा अत्याधिक ज्वरोबाट एक वृद्धको ज्यान गएको छ ।
सल्यान मुलखोला गाउँ विकास समिति वडा नं. १ देउलीका ५० वर्षिय मोतिराम बुढाको अत्याधिक ज्वरोका कारण बुधबार ज्यान गएको हो । एक सातादेखि ज्वरो आउने, टाउको दुख्ने, आँखा पोल्ने, हातखुट्टा खदुख्ने जस्ता समस्याबाट पिडित बुढाको बुधबार घरमै मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
स्थानीय मेडिकल तथा स्वास्थ्य चौकीमा उपचार गरेपनि सन्चो नभएको र आर्थिक अवस्था कमजोर भएका कारण अन्य अस्पतालमा लैजाना नसक्दा बुढाको मृत्यु भएको स्थानीय हिरालाल रानाले जानकारी दिए ।
बुढाको मृत्यु भएसँगै उनका २ छोरा र २ छोरीको विचल्ली हुने भएको छ । आमा अशक्त हुँदा काम गर्न नसक्ने र चारैजना साना भएका कारण उनीहरुको बिचल्ली हुने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण