सुजुकी भिटारा ब्रेजाको बुकिङ खुल्ला
काठमाडौ–सीजी नेक्स्ट जेनले नेपाली बजारमा स्पोर्टिएस्ट एसयूभीका रुपमा अत्यधिक चर्चामा रहेको सुजुकी भिटारा ब्रेजा भित्राएको छ । कम्पनीले नयाँ कारको बिहीबारवाट बुकिङ समेत खुल्ला गरिएको जनााएको छ । भिटारा ब्रेजाकोे अहिले ३५ लाख ९९ हजार रुपैयाँ बजार मुल्य तोकिएको छ । कम्पनीका अनुसार नयाँ कार ६ भिन्न भ्यारिण्ट उपलब्ध हुनेछन् । सीजी नेक्स्ट जेन नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता हो । कम्पनीले भिटारा ब्रेजा नेपाली बजारमा पहिलो पटक डुअल कलर स्किम सहित भित्र्यएको जनाएको छ । कारमा उत्कृष्ट कार्य क्षमता प्रदर्शनीका लागि डीडीआईएस २०० ईञ्जिन जडान गरिएको छ । डीडीआईएस २०० डिजल ईञ्जिनले ९० पीएस शक्ति र २४ दशमलव ३ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ । उत्कृष्ट ग्राउण्ड क्लियरेन्स र स्पोर्टी बडीकिट सहितको यस कारमा स्पोर्टी अलो ह्विल्स देखिने गरी मस्कूलर ह्विल आर्कको प्रयोग गरिएको छ । गतिशिलताको अनुभव दिन यसमा फ्लोटिङ रुफ डिजाइनको पनि प्रयोग गरिएको छ । कारमा किलेस एण्ट्रि, स्टेरिङ माउण्टेड कन्ट्रोल, ब्लू टूथ, भ्वाइस कमाण्ड, ईञ्जिन स्टार्ट स्टप बटन, क्यामेरा सहितको पार्किङ सेन्सर, अटो एसी लगायत सुविधापनि उपलब्ध रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण