किसानलाई यही आर्थिक वर्षबाटै पेन्सन दिनेः कृषिमन्त्री
काठमाडौं–कृषि विकास मन्त्री गौरीशंकर चौधरीले किसानहरुलाई चालु आर्थिक वर्षबाटै पेन्सन दिने बताएका छन् ।
राष्ट्रिय कृषक समूह महासंघले विहिवार काठमाडौमा गरेको आफ्नो स्वागत कार्यक्रममा कृषि विकास मन्त्री चौधरीले किसानहरुलाई नमुनाको रुपमा चालु आर्थिक वर्षबाटै पेन्सन दिइने बताए । किसानहरुलाई पेन्सन दिनका लागि बजेटको व्यवस्था भने गरिएको छैन । अघिल्लो सरकारका कृषि विकास मन्त्री हरिबोल गजुरेलले कृषकहरुलाई पेन्सन दिने कार्यक्रमका लागि निकै लबिङ गरेपनि प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अस्वीकार गरेका थिए ।
किसानलाई पेन्सन दिने कार्यक्रमको सट्टा आफ्नो जानकारीविना प्रधानमन्त्रीले कृषि आधुनिकीकरण परियोजनाका लागि बजेट छुट्याइएपछि गजुरेलले सार्वजनिक रुपमै बजेटको आलोचना गरेका थिए । गजुरेलकै पार्टीबाट कृषि विकास मन्त्रालयको जिम्मेवारी पाएका चौधरीले अलग्गै बजेटको व्यवस्था नभएपनि आफूले नमुनाका रुपमा किसानलाई पेन्सन दिने कार्यक्रम अगाडि बढाउन निर्देशन दिइसकेको बताए । उनले शिक्षा र स्वास्थ्यका कार्यक्रमजस्तै किसानलाई पेन्सन दिने कार्यक्रम चालु आर्थिक वर्ष नै कुनै एक÷दुई जिल्लाबाट सुरु गरिने बताए ।
कृषि विकास मन्त्री चौधरीले पेन्सनको रकम कुन शिर्षकबाट व्यहोर्ने भन्ने बारेमा भने स्पष्ट पारेनन् । कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघले कृषि विकास मन्त्री चौधरीलाई १८ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण