मृगौलापीडितलाई ३ लाख बढी सहयोग
शुक्रबार, ०३ भदौ २०७३, १० : ३४
काठमाडौ – मलेसियामा दुवै मृगौलाले काम गर्न छाडेका रोल्पाका दिल कुमार बुढा मगरको सहयोगका लागि मलेसियामा बस्ने नेपालीहरुले सहयोग गरेका छन् । बुढाको उपचारमा सहयोगका लागि नेपालीहरुको संस्था पिटिपि समाजका पदाधिकारीहरुले ३ लाख ३१ हजार रुपैयाँ सहयोग गरेका हुन् । १२ हजार ३ स ६५ मलेसियन रींगेट जुटाएका उनीहरुले संकलन गरेको रकमबाट मलेसियामा अस्पतालमा लागेको रकम भुक्तानी गरी ८ हजार ७ सय ३४ रींगेट अर्थात २ लाख ३४ हजार रुपैयाँ दिलकुमारलाई दिईएको समाजका प्रमुख सल्लाहकार विजय शर्माले बताए । ५ वर्ष अघि रोजगारीको लागि मलेसिया पुगेका रोल्पाका २४ वर्षिय मगरका दुवै मृगौला फेल भएपछि उनी अस्पताल भर्ना भएका थिए । उनलाई नेपालीहरुको सहयोगमा बुधबार नेपाल फर्काइएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण