नेविसंघ विदेश कोटाबाट को-को भए विजयी ?
काठमाण्डौ– नेपाल विद्यार्थी संघको एघारौँ महाधिवेशनबाट विदेश कोटामा २ जना केन्द्रिय सदस्य (भारतबाट) निर्वाचित भएका छन् ।
नेपाल विद्यार्थी संघ भारतका अध्यक्ष मदन भण्डारी र नेपाल विद्यार्थी संघ सिएशाखा भारतका संस्थापक अध्यक्ष पदम भट्टराई निर्वाचित भएका हुन् ।
नेपाल बाहिर विभभिन देशका शाखामा रहेका ८ जना उम्मेदवार मध्ये उनीहरु निर्वाचित भएका हुन् । केन्द्रिय सदस्य पदका लागि भारतबाट ४ जना, लण्डन २ जना, चीनबाट १ जना र नेदरल्याण्डबाट १ जना उम्मेदवार थिए ।
विजयी भण्डारी र भट्टराई दुवैजना गुल्मी जिल्लाबासी हुन् । दुवैजनाले भारतका विभीन्न विश्वविद्यालयमा अध्ययनर गर्दै नेविसंघको राजनीतिमा क्रियाशिल छन् ।
भण्डारी भारतमै राजनीति गर्ने, भट्टराई नेपाल फर्कने
गुल्मीको धुर्कोट वस्तु ८ मा जन्मेका भण्डारी नेपाल विद्यार्थी संघ भारत शाखाका अध्यक्ष हुन् । हिमालय उच्च मावि धुर्कोट बस्तुमा अध्ययनरत रहँदा नेविसंघ राजनीति शुरु गरेका भण्डारी २०५८ सालमा नेपाल विद्यार्थी संघ गुल्मी जिल्ला सदस्य भएका हुन् । २०६० सालमा रेसुङ्गा बहुमुखि क्याम्पसमा स्ववियू सहसचिव भएर काम गरेका उनी पारामेडिकल र हस्पिटालिटी म्यानेजमेण्ट अध्ययनको शिलशिलामा भारतमा रहेका छन् । नेविसंघ भारतको महामन्त्री हुँदै २०७० देखि अध्यक्ष भएका उनी लोकप्रिय विद्यार्थी नेताको रुपमा चिनिन्छन् । भारतस्थित भारतीय नेतासंग राम्रो सम्बन्ध रहेका उनले अव भारतमै रहेर नेविसंघ र नेपाली काँग्रेसको राजनीति गर्ने बताए । त्यस्तै गुल्मीकै धुर्कोट वाग्ला ७ द्वानेटाका भट्टराई १२ कक्षामा पढ्दा गुल्मी काठमाण्डौ सम्पर्क समितिको कोषाध्यक्ष रहेका थिए । चार्टर एकाउण्टेण्ट अध्ययनको क्रममा भारत रहेका उनी नेविसंघ सिए शाखाको संस्थापक अध्यक्ष हुन् । संस्थाका निवर्तमान अध्यक्ष रहेका उनले अध्ययन सकेपछि नेपालमा आएर नेविसंघको राजनीति गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण