दिल्लीमा व्यस्त बन्दै निधि, आज भारतीय राष्ट्रपतिसँग भेटवार्ता हुँदै
काठमाडौं– प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा दिल्ली गएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आजदेखि उच्चस्तरीय भेटवार्ता थालेका छन् ।
उनले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री शुष्मा स्वराज लगायतका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निधि र भारतीय राष्ट्रपति मुखर्जीबीच राष्ट्रपति भवनमा साँझ ६ बजेको लागि भेटवार्ताको समय तोकिएको छ । भेटमा निधिले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणका लागि पठाएको निम्तोपत्र हस्तान्तरण गर्नुका साथै आपसी हित र दुई देशबीचको सम्बन्धका विविध विविध पक्षबारे छलफल हुनेछ ।
यस्तै शुक्रबार दिउँसो निधिले गृहमन्त्री सिंह र विदेश मन्त्री स्वराजसँग पनि छलफल गर्नेछन् ।
प्रधानमन्त्री निधिसँग भने निधिले शनिबार बिहान ११ बजे भेट्ने कार्यक्रम छ । सो भेट सेभेन रेसकोर्सरोडस्थित प्रधानमन्त्रीनिवासमा हुनेछ । मन्त्रिपरिषद्को बैठकले सरकारका दुई उपप्रधानमन्त्रीलाई भारत र चीनमा विशेष दूतका रुपमा पठाउने निर्णय अनुसार निधि बिहिबार भारत गएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण