बाढी पीडितद्वारा जिल्ला प्रशाासन कार्यालयमा धर्ना
शुक्रबार, ०३ भदौ २०७३, १४ : ४५
बझाङ –तटबन्धनको माग गर्दै बझाङ सदरमुकाम चैनपुरका बाढी पिडितहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।
गत महिना सदरमुकाम चैनपुर भएर वग्ने बाहुलीगाड र सेती नदीमा आएको बाढीले अत्यधिक क्षती गरेपछि तत्काल तटबन्धनको माग गर्दै बाढि पिडितहरु धर्नामा बसेका हुन् ।
बाढी पिडितहरुले सेती नदी र बाहुलीगाडमा तत्काल तटबन्धन गर्नुपर्ने र बाहुली गाडले बगाएको झोलुङ्गे पुल निर्माण गर्नु पर्ने माग राख्दै साउन ७ गते प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेका थिए ।
धर्ना बसिरहेको बेला प्रशासनका कर्मचारी कार्यालय भित्र प्रबेश गरेको भन्दै बाढि पिडित आक्रोसित हुँदा प्रहरी र बाढि पिडित बिच केही क्षण झडप भएको थियो ।
माग पुरा नभएपछि बाढी पिडितहरुले चरणबद्घ आन्दोलनका कार्यक्रम आयोजना गरेका छन ।
बाढीले २०४३ सालमा बनेको सदरमुकाम चैनपुर जोड्ने १ सय ५ मिटर लामो झोलुङगे पुल बगाएको छ । बर्षेनी बाढिले नदी वारीपारीका खेतीयोग्य जमिन बगाउने गरेको छ ।
राज्यले बर्षेनी २ करोड रकम सेती नदी र बाहुली गाडको तटबन्धनमा खर्च गरेतापनि प्रभावकारी अनुगमन नहुदा कामको प्रभाव देखिएको छैन ।
‘प्रत्येक वर्ष तटबन्धन गर्छन्, बाढी आएर जाली बगाएर लैजान्छ’, बाहुलीगाड बाढी क्षती न्यूनीकरण तथा सदरमुकाम बचाउ अभियानका अध्यक्ष धर्मराज रसाइलीले बताए । ठेकदारले प्रभावकारी काम नगर्दा खोलाले तटबन्धन नै बगाएर क्षती गर्ने गरेको उनको भनाइ छ ।
बाहुलीगाड आसपासका करिब ४० भन्दा बढी घरधुरी जोखिममा रहेको छ ।
यता निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले तटबन्धनका लागि जिल्ला प्रशासन कार्यालय बाट आवश्यक पहल भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण