आइतबारसम्म कांग्रेसबाट सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लाग्ने
काठमाडौं– नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले आइतबारसम्म पार्टीले मन्त्रीमण्डलमा सहभागी हुनेहरुको नाम टुंगो लगाउने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खतिवडाले भने,‘हामी आईतबारसम्म मन्त्रीको नाम टुँगो लगाउँछौं ।’ पार्टीको भातृ संगठन नेविसंघको महाधिवेशनका कारण पार्टीबाट मन्त्रीमण्डलमा सहभागी हुने साथीहरुको नाम पठाउन ढिलाई भएपनि अब यो विषय आईतबारसम्म टुँगो लाग्ने उनको दाबी थियो । १३ औं महाधिवेशनबाटै पार्टीमा भागबण्डाको राजनीति अन्त्य भएको उल्लेख गर्दै सांसद समेत रहेका खतिवडाले भने,‘महाधिवेशन सकिएलगत्तै भागबण्डाको राजनीति अन्त्य भैसकेको छ, अब हार्नेले माग्ने र जित्नेले दिने कुरा पार्टीभित्र गर्नुहुँदैन् ।’ संविधान संशोधनमा बजारमा हल्ला भएजस्तो एमालेले सहयोग नगर्ने भन्ने कुरामा आफूलाई विश्वास नलागेको खतिवडाको विश्वास थियो । उनले अघि भने,‘एमालेपनि जिम्मेवार पार्टी हो, मलाई लाग्छ एमाले संविधान संशोधनमा बाधक बन्दैन् ।’ मुलुक बनाउने कुरामा एमाले बाधक बन्न नहुने उनको तर्क थियो । ‘‘हलो हट्काएर गोरु चुट्ने काम एमालेले गर्दैन्, उनले थपे । काँग्रेस–माओवादी केन्द्र र मधेशी मोर्चावीच भएको तीन बुँदे सहमति लगभग कार्यान्वयन भैसकेको खतिवडाले बताए । उनले भने,‘मोर्चासँग भएको सहमति करिव–करिव कार्यान्वयन भैसकेको छ, बाँकी रहेका मागहरु पनि छिट्टै पूरा हुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु, यसको लागि हामी वार्ताबाटै सहमति खोज्न तयार छौं ।’ यद्धपी खतिवडाले सहिद घोषणा गर्ने कुरामा भने विचार पुर्याउनुपर्ने धारणा राखे । मोर्चा सरकारमा कहिले आउँछ भन्ने जिज्ञासामा उनले थपे,‘प्रधानमन्त्री निर्वाचनमा भोट हालेदेखि नै उहाँहरु आधा–आधी सरकारमा आईसक्नुभएको छ, अब कहिले आउनुहुन्छ भन्ने उहाँहरुको कुरा हो ।’ खतिवडाले संविधान संशोधन भए प्रत्यक्ष निर्वाचित मात्र प्रतिनिधि सभाको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण