राप्रपा नेपालले भन्यो–मुलुक संवैधानिक दुर्घटनामा पर्ने खतरा बढ्यो
शुक्रबार, ०३ भदौ २०७३, १७ : १०
[caption id="attachment_2999" align="alignright" width="960"] FILE PHOTO[/caption]
काठमाडौं– राप्रपा नेपालले स्थानीय निकायको निर्वाचनबारे अन्योलता र अनिश्चित रहँदा संविधान कार्यान्वयनमा असहजता हुनुका साथै मुलुक संवैधानिक दुर्घटनामा पर्न सक्ने खतरा औंल्याएको छ ।
शुक्रबार राप्रपा नेपालको पार्टी कार्यालय धुम्बाहारीमा बसेको केन्द्रीय कार्यसम्पाद समितिले सो खतरा औंल्याउँदै आगामी संसिरमा कुनै पनि हालतमा स्थानीय निकाउको चुनाव हुनुपर्ने माग गरेको छ ।
बैठकले संविधानले व्यवस्था गरेअनुरुप स्थानीय निकाय संख्या तथा सीमाना निर्धारण आयोगको आयोग तदारुकताका साथ क्रियासिल रहेको अवस्थामा सरकार परिवर्तनपछि स्थानीय निकायको निर्वाचन र सीमाना निर्धारण आयोगको सम्बन्धमा देखापरेको विवाद र अन्योलता हटाउन माग गरेको प्रवक्ता राजाराम श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बैठकले स्थानीय तहको पुर्नसंरचना गर्दा संविधानको भावना, जनताको चाहना र स्थानीय सरकारको अवधारणा अनुरुप गर्नुपर्ने र देशको आर्थिक अवस्था तथा लागतलाई दृष्टिगत गर्दै स्थानीय तहको संख्या न्युनतम गर्नुपर्नेमा पनि जोड दिएको छ ।
बैठकले आगामी कात्तिक २७ गतेदेखि तीन दिनसम्म काठमाडौंमा अन्तराष्ट्रिय धर्मसभा गर्ने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण