नेविसंघको नयाँ नेतृत्व चयन भएसँगै लामिछाने प्रवक्ताको जिम्मेवारीबाट अलग
काठमाडौं– नेविसंघका प्रवक्ताबाट युपी लामिछाने अलग भएका छन् । नेविसंघको ११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै लामिछाने प्रवक्ताको भूमिकाबाट अलग भएका हुन् । उनले प्रवक्ताको जिम्मेवारी बहन गर्दा साथ र सहयोग गर्ने पत्रकारहरुप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग प्राप्त हुने अपक्षा गरेका छन् ।
आज एक विज्ञप्ती जारी गर्दै उनले निकै प्रयास रहँदारहँदै पनि केही महत्वपूर्ण शैक्षिक मुद्दा निश्कर्षमा पुर्यापउन नसकेको प्रति क्षमा माग्दै भनेका छन्, ‘स्ववियु चुनाव गराउन नसकेको तितो अनुभव लिएर नेपाल विद्यार्थी संघको जिम्मेवारीबाट विदा भएको छु । यो यात्रामा भयका कमी कमजोरीप्रति क्षमा माग्दै मलाई प्रवक्ताको रुपमा काम गर्ने अवसर दिनु भएकोमा सभापति रञ्जित कर्ण केन्द्रीय समितिका साथीहरु, पार्टी नेताज्यूहरु र आ–आफ्नो ठाउँबाट सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार ब्यक्त गर्न चाहान्छु ।’
उनले लामो समयको अन्तरालपछि नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन सम्पन्न गर्न सकिएको भन्दै खुसी समेत व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण