जापानको एक सय १७ वर्ष पुरानो औषधी नेपाली बजारमा
काठमाडौं–जापानको १ सय १७ वर्ष पुरानो औषधी उत्पादक कम्पनी रोहतो फर्मास्युटिकलले नेपालमा बजार विस्तार गरेको छ ।
रोहतो फर्मास्युटिकलले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बीके समूहलाई आधिकारिक विक्रेता नियुक्त गरी नेपालमा बजार विस्तार गरेको जानकारी दिएको छ ।
बीके समूहलाई आधिकारिक विक्रेता नियुक्त गरेसँगै रोहतो फर्मास्युटिकलले आफ्ना पाँच वटा उत्पादन नेपालमा विक्री गर्न सुरु गरेको छ ।
आँखाको स्याहारमा प्रयोग हुने, कालो दाग हटाउने, कपाल झर्नबाट रोक्ने र चायाँ रोक्ने पाँच वटा उत्पादनको विक्री सुरु गरेको रोहतो फर्मास्युटिकलका प्रतिनिधिले बताएका छन् ।
पाँच वटा उत्पादन मध्ये आँखाको स्याहारमा प्रयोग हुने रोहतो आइ ड्रप १ सय ७ वर्षदेखि उत्पादन हुँदै आएको औषधी हो ।
विश्वका विभिन्न मुलुकमा रोहोतो समूहका २३ वटा कम्पनी रहेको र ती कम्पनीका उत्पादन २ सय भन्दा बढी मुलुकमा विक्री हुने गरेको रोहतो फर्मास्युटिकलका प्रतिनिधिले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
-
सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री
-
विवेक मण्डलको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगे नारायणकाजी श्रेष्ठ
-
बागमतीमा सकसः एमाले सत्ता परिवर्तन र कांग्रेस यही सरकारको निरन्तरताको पक्षमा
-
शिक्षा नियमावलीको दशौँ संशोधनप्रति आपत्ति, तत्काल सच्याउन माग
-
परिवारको खुसी खोज्दै दुबई गएका भक्तबहादुर २० दिन नबित्दै बाकसमा फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण