काँग्रेस नेताको निधन
शनिबार, ०४ भदौ २०७३, १० : २७
ललितपुर- नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि शङ्खु गाविस निवासी कमल बम्जनको ७० वर्षका उमेरमा शुक्रबार निधन भएको छ ।
बम्जनले नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनप्रति काँग्रेस ललितपुरका सभापति एवम् सांसद मदनबहादुर अमात्यले दुःख व्यक्त गर्दै यसबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताए ।
बम्जन काँग्रेसको शुभेच्छुक संस्था आदिवासी जनजाति सङ्घ ललितपुरका अध्यक्ष तथा जिविस, जनजाति समन्वय समितिका उपाध्यक्ष समेत भैसकेका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण