मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मीलाई अन्तर्राष्ट्रिय सम्मान
काठमाडौं–मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीलाई अमेरिकाको ख्यातिप्राप्त सामाजिक संस्था वी केयर फर ह्युमानिटीले ‘एसियाज डिग्निटरी मेनी अफ दि इयर’ बाट सम्मान गरेको छ । नेपालमा चुनौतीपूर्ण परिस्थितिमा संविधानसभाको निर्वाचन सम्पन्न गर्न २०७० सालमा सरकारको नेतृत्व गरी निर्वाचन सम्पन्न गरेको योगदान तथा न्याय सेवा मार्फत् जनता र समाजलाई पुर्याएको योगदान समेतको उच्च मूल्याङ्कन गर्दै उक्त अन्तराष्ट्रिय सम्मान प्रदान गरेको आयोजकद्वारा उल्लेख गरिएको छ । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ भवनमा अगष्ट १७ देखि १९ सम्म आयोजित मानवता सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा मन्त्रिपिरषद्का पूर्व अध्यक्ष रेग्मी लगायत विश्वका विभिन्न देशका सरकारप्रमुख, पूर्व सरकारप्रमुख, पूर्व राष्ट्रप्रमुख तथा प्रसिद्ध सामाजिक अभियन्ताहरुलाई आयोजकले उनीहरुको योगदानको कदर गर्दै सम्मान गरेको हो । सम्मेलनमा सम्मानित भएपश्चात् मन्त्रिपिरषद्का पूर्व अध्यक्ष रेग्मीले सम्बोधन गर्दै विश्वमा सफलताको पथमा अग्रसर हुन सेवाको भावना र परोपकारको उद्देश्यसहित निरन्तर क्रियाशील हुनुपर्ने आवश्यकतामा जोड दिएको उनका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए । सम्बोधनकै क्रममा रेग्मीले मानवीय सेवा र सामाजिक हितोपयोगी कार्यमा समर्पित भएमा, विश्व शान्ति तथा सद्भावपूर्ण र समृद्ध समाज निर्माण गर्न सकिने विचार व्यक्त गरेका थिए । उक्त सम्मान प्राप्त गर्दा आफूलाई अत्यन्त खुरी लागेको र सामाजिक सेवामा लाग्न अझ बढी प्रेरणा र उर्जा प्राप्त भएको पनि रेग्मीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण