भारतीय मललाई नेपाली भन्दै ठगी गर्ने पक्राउ
रौतहट –भारतीय मललाई नेपाली मल भनेर किशानलाई ठगी गर्दै आएका एकजनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखी भारतिय मललाई नेपाली बोरामा पलटीगरी किशानलाई ठगी गरीरहेको बिषेश सुचनाको आधारमा प्रहरीले समनपुर ४ का दिनेश साहलाई शुक्रवार राती पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक केशव रेग्मीको नेतृत्वमा ईलाका प्रहरी कार्यालय समनपुरको प्रहरी नायव निरिक्षक सोम बहादुर ठकुरी सहीतको टोलीले गएराती दिनेस साहको घरमा छापामारेको थियो । सो क्रममा साहको भुईतला कोठाभित्र कृषी सामग्री कम्पनी लिमिटेड काठमाण्डौ अंकित एकसय ३५ बोरा युरिया मल बरामद भएको प्रहरीले जनाएको छ । साथै घरभित्र बिभिन्न भारतिय कम्पनीको मलखादको सैयौं खालीबोरा बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कृष्ण भण्डारीले बताएका छन । बरामद मलखाद बोरा सहीत साहलाई आवशयक अनुसंधानको लागी ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखिएको छ ।
यसैबीच रौतहट प्रहरीले अबैध रुपमा उत्पादन गर्दै रक्सीभट्टीमा छापा मार्नुका साथै जिल्लाको छुटा छुटै स्थानमा बरामद सैयौंलिटर अबैधमदिरा नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले शुक्रवार साँझ गौर नपा १० सबगढा स्थित एक रक्सीभट्टीमा छापामारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण