चुनौतिपूर्ण अवसर प्राप्त भएको छः प्रधानमन्त्री
शनिबार, ०४ भदौ २०७३, ११ : २३
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना लागि चुनौतिपूर्ण अवसर प्राप्त भएको बताएका छन् ।
शनिबार नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को नेतृत्वमा बालुवाटार पुगेको गोरखा जौबारीको टोलीबाट बधाई तथा शुभकामना ग्रहण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘परिस्थिति निकै चुनौतिपूर्ण छ, जनताका आकांक्षाहरु धेरै छन् । मेरा लागि चुनौतिपूर्ण अवसर प्राप्त भएको छ । यसपटक केही परिणाममूखी काम गर्नेछु ।’ भेटमा प्रधानमन्त्रीले गोरखा जिल्ला ऐतिहासिक र परिवर्तनको आन्दोलनका दृष्टिले पनि निकै महत्वपूर्ण भएको भन्दै निश्छल मनले शुभकामना दिएकोमा सबैलाई धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण