बालिका बलात्कारको अभियोगमा आयल निगमका हाकिम पक्राउ
काठमाडौं/ भैरहवा– बालिका बलात्कार प्रयासको अभियोगमा नेपाल आयल निगम भैरहवा वितरण केन्द्रका प्रवन्धक चित्तरञ्जन दास पक्राउ परेका छन् ।
शुक्रबार साँझ भैरहवास्थित देवकोटा चोकमा रहेको वितरण केन्द्रकै कर्मचारी प्रकाण्ड मिश्रको डेरामा बस्न पुगेका उनले सोहि घरमा बस्दै आएकी १५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको प्रहरी स्रोतले जनाएको छ ।
स्रोतका अनुसार कर्मचारी प्रकाण्ड ससुराली गएको भएपनि उनी एक्लै प्रकाण्डको डेरामा बस्न पुगेका थिए । डेरामा पुगेका उनले सोहि घरमा बस्दै आएकी बालिकालाई ललाई फकाई डेरामा बोलाएर बलात्कार प्रयास गरेका थिए ।
उनले बालिकालाई जबरजस्ती गर्न थालेपछि बालिका चिच्याउँदा छिमेकीले थाहा पाई घटनास्थल पुगेका थिए भने उनीहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी बुद्धिराज गुरुङले प्रवन्धक दास पक्राउ परेको पुष्टि गरे । यद्यपी उनले बालिकामाथि सामान्य हातपात भएको उजुरी प्रहरी समक्ष आइपुगेपछि उनलाई नियन्त्रणमा लिइएको बताए । तर अर्का प्रहरी अधिकारीले भने बलात्कार अभियोगमा उनलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
आयल निगम स्रोतका अनुसार उनी केहि साता पहिलेमात्रै निगमको काठमाडौंस्थित केन्द्रीय कार्यालयमा सरुवा पाएर आउन ठीक्क परेका थिए भने त्यसका लागि रमाना पत्र बुझिसकेका थिए । गएराती समातिँदा उनी कट्टु र गन्जीमा मात्रै रहेका थिए ।
यसअघि पनि पटक पटक विवादमा तानिँदै आएका उनले भारतले नाकाबन्दी लगाउँदा ताका पेट्रोलमा घोटाला गरेको आरोप लागेको थियो । यस्तै सो बेला जिल्ला बजार अनुमगन टोलीका साथै क्षेत्रीय नापतौल तथा गुणस्तर कार्यलयलको संयुक्त टोलीले अनुगम गर्दा पम्पमा तलमाथि गरेको पाइएपछि सिलबन्दीमा परेको थियो ।
पछि वितरण केन्द्रमा नयाँ मेसिनको जडान गरिएपछि सिलबन्दी खुलाइएको थियो ।
यसैबीच उनी पक्राउ परेसँगै छुटाउनका लागि निगमका उच्च अधिकारी लागिपरेको स्रोतहरुले बताएका छन् । तर, स्थानीयले भने कुनै पनि हालतमा अभियुक्तमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण