गोली लागेर घाइते गैंडा रौतहटमा भेटियो
रौतहट–रौतहटको उतरीभेग स्थित एक सामुदायिक बनमा गोली लागेर घाईते अवस्थामा एउटा एक सिंगे गैंडा फेला परेको छ । चन्द्रपुर नगरपालिका २ गैंडाटार स्थित पिलेश्वर सामुदायिक बनमा गोली लागेर घाईते अवस्थामा गैंडा फेला परेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी मनोज यादवका अनुसार आज बिहान स्थानियले पिलेश्वर बनमा घाईते गैंडा देखेका थिए । स्थानीयको खबरलगतै खटिगएको प्रहरी टोलीले गोली लागेर घाईते गैंडाको उद्दार गरेकोे छ । गोली कसले हान्यो भने हालसम्म केही खुल्न नसकेको डिएस्पी यादवले बताए । उता जिल्ला बन कार्यालय रौतहटका प्रमुख रामबाबु साहले घाईते गैंडाको उपचार गर्न चितवन राष्ट्यि निकुञ्ज बाट चिकित्सकहरुको टोली आईरहेको बताए । पछिलो आठ १० दिनदेखि सोही क्षेत्रमा पटक पटक देखापरेको उक्त गैंडालाई तस्करहरुले गोली हानेको हुनसक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण