भारत प्रचण्ड नेतृत्वको सरकारसँग निकट भएर काम गर्न तयार छ : भारतीय गृहमन्त्री
काठमाडौं– भारतीय गृहमन्त्री राजनाथ सिंहले भारत प्रचण्ड नेतृत्वको सरकारसँग नजिक रहेर काम गर्न तयार रहेको स्पष्ट पारेका छन् । दिल्लीमा नेपाली पत्रकारसंग कुरा गर्दै सिंहले भने,‘भारत नेपालमा स्थिरता भएको हेर्न चाहन्छ, हामी नेपालमा विकास भएको हेर्न चाहान्छौं, त्यसको लागि हामी प्रचण्ड नेतृत्वको सरकारसँग निकट भएर काम गर्न तयार छौं ।’ सिंहले भारत नेपालमा सँधै शान्ति, स्थायित्व र विकास भएको हेर्न चाहएको बताएका छन् । उनले काँग्रेस–माओवादी केन्द्रवीच बनेको नयाँ गठबन्धनको सरकारले संविधान कार्यान्वयन गर्नेगरि काम गर्नेमा आफू विश्वस्त रहेको समेत स्पष्ट पारे । ‘प्रचण्ड नेतृत्वको सरकारले संविधान कार्यान्वयन गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ उनले अघि भने । सिंहले आफूहरुले नेपालमा राजनीतिक स्थिरता भएको हेर्न चाहेको उल्लेख गदैृ भने,‘यसबाट मात्रै विकास सुनिश्चित हुन्छ, हामी नेपालको विकासमा हरहमेसा साथ र सहयोग गर्न तयार छौं ।’ सिंहले कांग्रेस र माओवादी केन्द्रबीच भएको सातबुँदे सहमति तथा आन्दोलनकारी दलहरूसँग भएका वार्ता प्रयासलाई आन्तरिक स्थिरताका लागि सकारात्मक कदम समेत भएको टिप्पणी गरेका छन् । सिंहले सीमावर्ती क्षेत्रमा एक–आपसमा जनतालाई परेको अप्ठेराबारे दुवै देशका प्रमुख जिल्ला अधिकारीहरूको तहमा कुराकानी भइरहेको भन्दै प्रशंसा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण