भालु र स्यालको आक्रमणबाट ८ घाइते
सल्यान – सल्यानमा भालु र स्यालको आक्रमणबाट ८ जना घाइते भएका छन् । लक्ष्मीपुर गाविस १ देवस्थल गाविस वडा नं १ मर्कलखारामा भालुको आक्रमणबाट १३ वर्षिया सुमित्रा बुढाथोकी घाइते भएकी छिन । मकैबारीमा काम गरी रहेको अवस्थामा भालुले आक्रमण गरेको स्थानीय पोखरसिहं केसीले जानकारी दिए । यस्तै देवस्थल गाविस वडा नं. ९ घाटगाउँ बुरेलीमा स्यालको टोकाईबाट सात जना घाइते भएका हुन् ।
स्यालले ओठमा टोक्दा गम्भिर घाइते भएकी ५० वर्षिया भुमा टमाटालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्राथमिक स्वास्थ्य केन्द्र देवस्थलका इन्चार्ज बासुदेव पोख्रेलले जानकारी दिए । अन्य सामान्य उपचारपछि घर फर्किएको उनले बताए । जंगलबाट एक्कासी गाउँमा पसी मानिस लगायत पशुचौपायालाई टोक्दै हिडेको स्थानीय पदम बुढाथोकीले जानकारी दिए । गाउँमा पसेको स्याललाई गाउँलेले घेरा हालि मारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण