आविष्कार केन्द्र स्थापनाका लागि सहयोग सङ्कलन
म्याग्दी– राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि म्याग्दीमा समुदायस्तरबाट आर्थिक सहयोग जुटाउन सुरु भएको छ ।
विज्ञान, प्रविधि, स्वास्थ्य, कृषि, वन तथा वातावरण लगायतका विषयमा अध्ययन गरी देश विकासमा सघाउने उद्देश्यले स्थापना हुन लागेको केन्द्रलाई सहयोग जुटाउन यो अभियान सुरु गरिएको हो ।
म्याग्दी उद्योग वाणिज्य सङ्घले आज बिहान बेनीमा आविष्कार केन्द्रका अभियन्ता महावीर पुनसँग अन्तक्र्रियाका लागि आयोजना गरेको कार्यक्रममा सहभागीले स्वफूर्त रुपमा सहयोग घोषणा गरेका हुन् । रु चार लाख सहयोग घोषणा भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यले जानकारी दिए ।
सहयोग घोषणा गरेकाहरुलाई ईसेवा नेपाल संस्थाको खातामा रकम जम्मा गर्न अनुरोध गरिएको छ ।
अभियन्ता पुनले खोज, अनुसन्धानको माध्यमबाट देशको विकासमा सघाउने उद्देश्यले आविश्कार केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए । सरकारी निकायबाट आश्वासन मात्र पाएको र धेरै समय झुलाउने काम भएको गुनासो पोख्दै पुनले जनताको सहयोगमा केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाए । केन्द्र स्थापनाका लागि पुनले कास्कीको बेगनासमा रहेको रु तिन करोड रुपैया मूल्य पर्ने तिन सय रोपनी जग्गा समेत दान गर्ने घोषणा गरेका छन् ।
म्याग्दीको राम्चे २ नांगीमा जन्मिएका पुन विगत २५ वर्षदेखि नेपालको ग्रामिण क्षेत्रमा वेतारे प्रबिधिको ईन्टरनेट पहुँच विस्तार गर्ने अभियानमा सक्रिय छन्। उनी सन २००७ मा रोमन म्यागासेसे पुरस्कारबाट सम्मानीत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण