२७ दिनपछि बाढीपीडित घर फर्किए
मोरङ– मोरङको डाइनियाका बाढीपीडित घर फर्किएका छन् ।
गत साउन ९ गते मोरङको बक्राहा खोलामा आएको बाढी पसेर बस्ती डुबानमा परेपछि उनीहरु विस्थापित भएका कारण स्थानीय सडकमा त्रिपाल टाँगेर बसोबास गर्दै आएका थिए ।
पानी सुकेपछि घरभित्र खोलाले हुलेको बालुवा आफैँ निकालेपछि बाढीपीडित सडकबाट घर फर्किएका हुन् । खोला पसेर घर बगाएका २६ घरपरिवारलाई जिल्ला दैवि प्रकोप उद्धार समिति मोरङले प्रतिपरिवार रु १० हजार नगद र जनही एक जोर कपडा प्रदान गरेको छ ।
त्यसैगरी नेपाल रेडक्रस सोसाइटी मोरङले २६ घरपरिवारलाई खाना पकाउन आवश्यक पर्ने भाँडाकुँडा प्रदान गरिसकेको डाइनिया गाविसका सचिव पदम विनोद घिमिरेले जानकारी दिए । सचिव घिमिरेका अनुसार सो गाविसमा बक्राखोलाले बाँध भत्काएर पस्दा २६ परिवारको घर बगाएको र करिब ३०० घरपरिवारलाई आंशिक क्षति भएको छ । ती ३०० घरपरिवारलाई घर मर्मत गर्ने खर्चबापत केही रकम राहत उपलब्ध गराउने तयारी भइरहेको छ । सो क्षेत्रका ३२६ बाढीपीडित सडकमा त्रिपाल टाँगेर बस्दै आएका थिए । उनीहरु आजदेखि आफ्नो पुरानै घरमा सरेका हुन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण