खेल क्षेत्रमा राजनीतिकरण हुन दिन्न– मन्त्री श्रीपाइली
शनिबार, ०४ भदौ २०७३, १५ : १८
रत्ननगर - युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले खेल क्षेत्रमा राजनीतिकरण हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ ।
चितवनको भरतपुरमा आज भएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले विधि र प्रक्रियाअनुसार नै काम गर्ने भन्दै राजनीतिकरण हुनबाट रोक्ने बताउनुभयो ।
प्रेस सेन्टर नेपाल चितवनको आयोजनामा भएको पत्रकार भेटघाटका क्रममा उहाँले अन्य राजनीतिक दलको भावनालाई समेत समेटेर सहकार्यका हिसाबले विधि र प्रक्रिया अनुसार आफू अगाडि बढ्ने प्रष्ट्याउनुभयो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) विवादका विषयमा पत्रकारले सोधेको जिज्ञासामा उहाँले क्यानमा देखिएको विवाद आफ्नै पालोमा समाधान गरेरै छाड्ने जिकिरसमेत गर्नुभयो । साग खेल नेपालमा हुन लागेकोमा खुसी व्यक्त गर्दै उहाँले तयारीमा मन्त्रालय लागिपरेको जानकारी दिनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय खेल मैदान निर्माणलाई प्राथमिकता दिँदै स्पोट्र्स विश्वविद्यालयको अवधारणा आफूले अघि सारेको जानकारी दिनुभयो ।
‘स्पोट्र्स युनिभर्सिटीको अवधारणा अघि सारिएको छ, मन्त्री श्रीपाइलीले भन्नुभयो “यसका लागि अध्ययन टोलीसमेत खटाइसकेको छु नेपालमा यो सम्भव छ ।” रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण