शुक्लाफाँटामा एकसिङ्गे गैँंडाको सङ्ख्या दश पुग्यो
कञ्चनपुर - दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिङ्गे गैँंडाको सङ्ख्या शुक्लाफाँटा वन्यजन्तु आरक्षमा बढेर दश पुगेको छ ।
गत वर्ष आरक्षमा आठवटा एक सिङ्गे गैंडा रहेकोमा यस वर्ष बढेर दश पुगेका हुन् । वासस्थान र सुरक्षा व्यवस्थामा सुधार गरिएपछि गैंँडाको सङ्ख्यामा बढोत्तरी भएको आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकालले बताए ।
गत वर्ष आरक्षको लालवनीया क्षेत्रमा प्राकृतिक रुपमा एउटा गैंडा मरेको र मरेको गैँंडाको खाग तस्करी गर्नेमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ उनले भने , “त्यसअघि झिलमिला क्षेत्रबाट भारतमा गएर गैंँडा मरेको थियो ।”
“पछि आरक्षमा गैँंडाको सुरक्षाका लागि निगरानी बढाउँदै आएकाले गैँंडा सुरक्षित भएका छन्” उनले भने ।
सन् २००० मा चितवन राष्ट्रिय वन्यजन्तु निकुञ्जबाट स्थानान्तरण गरी चारवटा गैँंडा शुक्लाफाँटामा ल्याइएको थियो । एक गैँंडा प्राकृतिक रुपमा शुक्लाफाँटा आरक्षमा फेला परेको थियो । स्थानान्तरण भएको डेढ दशकपछि गैंँडाको सङ्ख्यामा दोव्बरले बढोत्तरी भएको छ उनले भने , “यसलाई संरक्षणका हिसाबले सुधारोन्मुख भन्न सकिन्छ ।”आरक्षको सलगाँैंडी क्षेत्र गैँंडाको मुख्य क्रिडास्थलका रुपमा रहेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण