एक–दुई दिनमै पेट्रोलियम पदार्थको वितरण सहज हुन्छः निगम
काठमाडौँ– नेपाल आयल निगमले एक–दुई दिनभित्रै पेट्रोलियम पदार्थको वितरण सहज हुने जनाएको छ ।
उपत्यकाका पेट्रोल पम्पमा पर्याप्त इन्धन नहुँदा उपभोक्ताले इन्धन भर्न घन्टौँसम्म लाइन बसेर सास्ती बेहोरिरहेका बेला निगमले आज औसत भन्दा बढी इन्धन वितरण गरिएकाले वितरण सहज हुने बताएको हो ।
रक्सौलस्थित भारतीय आयल कर्पोरेसनको डिपोबाट पर्याप्त इन्धन नआएको भन्दै निगमले पम्पलाई आवश्यक इन्धन नदिएका कारण झण्डै एक सातादेखि मुलुकभर पेट्रोलियम पदार्थको हाहाकार भएको थियो ।
उपत्यकाका केही पम्पले आज तेल वितरण गरेपनि उपभोक्ताको लामो लाइन देखिन्थ्यो । उपत्यकामा दैनिक चार लाख लिटर पेट्रोलियम पदार्थ खपत हुने गरेकामा अहिले उपभोक्ताको मागलाई मध्यनजर गर्दै दैनिक छ लाख लिटर इन्धन वितरण गरेको निगमका निर्देशक नागेन्द्र झाले जानकारी दिए ।
उनले बजारमा हल्ला भएजस्तो तेलको हाहाकार नभएको र अबको दुई दिनमै तेलको वितरण सहज हुने उल्लेख गरे । निगमका अनुसार रक्सौल नाकाबाट दैनिक पाँच लाख लिटर पेट्रोल आइएकामा अहिले दैनिक दुई लाख लिटर मात्र आइरहेको छ । बरौनीलगायत नाकाबाट तीन लाख लिटर पेट्रोलियम पदार्थ ल्याएर वितरण गरिएको निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण