दुई बालबालिकाको रहस्यमय मृत्यु
भीमदत्तनगर - कञ्चनपुरको बेलौरी नगरपालिका–१४ भुडास्थित राना टोलमा दुई बालबालिको रहस्यमय मृत्यु भएको छ ।
इलाका प्रशासन कार्यालय बेल्डाँडीका अनुसार स्थानीय रामलाल चौधरीका चार वर्षीय छोरा दिपेश र सात वर्षीया छोरी जस्मीनको शव मृत अवस्थामा उखुबारीमा भेटिएको हो भने छोराछोरीलाई विद्यालय पु¥याउन हिँडेकी रामलालकी २४ वर्षीया श्रीमती बस्नती नजिकैको उखुबारीमा बेहोस अवस्थामा भेटिएकी छिन् ।
विद्यालय छुट्टी भइसकेपछि पनि श्रीमती र बालबालिका घर नफर्केपछि रामलाल उनीहरुको खोजीमा निस्किएका थिए । विद्यालयमा शिक्षकले बालबालिका उपस्थित नभएको बताएपछि खोजी गर्ने क्रममा श्रीमती, छोरा र छोरी उखुबारीमा भेटिएको प्रहरीले जनाएको छ ।
बेल्डाँडी प्रहरीका अनुसार रामलालका छोरा मृत तथा श्रीमती र छोरी बेहोस अवस्थामा फेला परेका थिए । छोरी जस्मीनको उपचारका क्रममा स्थानीय कलकत्ता स्वास्थ्य चौकीमा मृत्यु भएको बताइएको छ भने श्रीमती बसन्तीको कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उखुबारीमा विषादीको बोतल भेटिएकाले घटना थप रहस्यमय बनेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण