मनसुनी प्रणालीले देशैभर वर्षा
काठमाडौँ - पूर्वी क्षेत्रबाट मनसुनी प्रणाली विकास भएका कारण आज नेपालको मौसममा खराबी आएको छ ।
उक्त प्रणालीको असरस्वरूप आज मुलुकभर वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगबाट विकसित भएको मनसुनी प्रणाली मध्य हुँदै पश्चिमतिर सर्ने क्रममा रहेकाले आजराति मध्य र पूर्वी क्षेत्रका धेरै स्थानमा सामान्य वर्षा हुने मौसमविद् बरुण पौडेलले जानकारी दिए ।
“मध्य र पूर्वका एक÷दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ, भोलि दिनभर बद्ली भई मध्य र पश्चिमका केही स्थानमा वर्षा हुनेछ, मङ्गलबारदेखि मौसममा सुधार आउनेछ”– उनले भने ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा बढी ओखलढुङ्गा ३५ दशमलव ३ र सबैभन्दा कम १ दशमलव १ मिलिमिटर वर्षात् भएको छ । विराटनगरमा १२, काठमाडौँमा २, लुम्लेमा तीन र जुम्लामा दुई मिलिमिटर वर्षात् भएको छ ।
आज सबैभन्दा बढी तापक्रम भैरहवामा ३६ र सबैभन्दा कम डडेलधुरामा २६ डिग्री सेल्सियस रहेको छ । आज काठमाडौँको अधिकतम तापक्रम ३१ र न्यूनतम १९ डिग्री रहेको महाशाखाले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण