जङ्गलबाट समातिए दुई जनाको गोली हानेर हत्या गर्ने कर्णबहादुर
सोमबार, ०६ भदौ २०७३, २२ : ५३
दाङ–प्रहरीले गढवामा दुई व्यक्तिको गोली हानी हत्या गरेर फरार रहेका खबरीका ४५ वर्षीय कर्णबहादुर पुनलाई कोइलावास जङ्गलबाट सोमबार साँझ पक्राउ गरेको छ ।
अभियुक्त पुनले रिसइबीका कारण गए राति तीजको नाच हेरेर घर फर्कने क्रममा रहेका सोही ठाउँका ३२ वर्षीय कालु रोका र ३५ वर्षीय राजु रोकालाई गोली प्रहार गरी हत्या गरेका थिए । हत्यालगत्तै फरार रहेका पुनलाई स्थानीय बासिन्दाको सहयोगमा पक्राउ गरिएको दाङका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए ।
त्यस्तै प्रहरीले चार दिनअघि मानपुर–८ मङ्गेरी गाउँका २६ वर्षीय हिरामणि चौधरीको हत्या अभियोगमा पक्राउ परेका चार जनालाई आज सार्वजनिक गरेको छ । मानपुर–८ जमेराका २९ वर्षीय चन्द्रवीर चौधरी, १७ वर्षीय राजन चौधरी, २७ वर्षीय रामबहादुर चौधरी र मनोज चौधरीलाई सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण