एमालेमा प्रदेश संयोजक तोकियो, कसलाई कुन प्रदेशको जिम्मेवारी ?
काठमाडौँ – नेकपा (एमाले) स्थायी समितिले लामो समयदेखिको गृहकार्यपछि पार्टीका प्रदेश सङ्गठन कमिटीका संयोजक र सह–संयोजकको जिम्मेवारी तोकेको छ ।
गत साउन ३० देखि जारी भई मंगलबार सम्पन्न भएको स्थायी समितिको बैठकले प्रदेश नं १ संयोजक–भीम आचार्य, सह–संयोजक–शेरधन राई, प्रदेश नं २ संयोजक– सत्यनारायण मण्डल, सह–संयोजक–नागेन्द्र चौधरी, प्रदेश नं ३ संयोजक– अष्टलक्ष्मी शाक्य, सह–संयोजक– काशीनाथ अधिकारी, प्रदेश नं ४ संयोजक– किरण गुरुङ, सह–संयोजक–गणेश तिमिल्सिना, प्रदेश नं ५ संयोजक– विष्णुप्रसाद पौडेल, सह–संयोजक– दलबहादुर राना, प्रदेश नं ६ संयोजक– युवराज ज्ञवाली, सह–संयोजक– यामलाल कँडेल र प्रदेश नं ७ संयोजक– भीमबहादुर रावल, सह–संयोजक– कर्णबहादुर थापालाई तोकेको छ ।
बैठकले जिल्ला अधिवेशनबाट निर्वाचित निवर्तमान अध्यक्षहरूलाई प्रदेश सङ्गठन कमिटीको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ भने प्रदेश कमिटीमा रहने अन्य सदस्यबारे यसअघि निर्णय गरिसकेको छ ।
बैठकले उप–महासचिव घनश्याम भुषाल– प्रवास क्षेत्रको सम्पर्क, समन्वय, महेन्द्रबहादुर पाण्डे– इन्चार्ज, युवा फाँट, लालबाबु पण्डित– प्रमुख, राजकीय मामिला विभाग, राधा ज्ञवाली–इञ्चार्ज, महिला फाँट, अग्नि खरेल– प्रमुख, स्थानीय विकास विभाग र हरि पराजुलीलाई सह–इञ्चार्ज, किसान फाँटको जिम्मेवारी दिएको छ । बैठकले गरेका महत्वपूर्ण राजनीतिक तथा साङ्गठनिक निर्णय÷प्रस्ताव बुधबार ८ गते अपरान्ह ३ बजे पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पत्रकारसम्मेलनमार्फत सार्वजनिक तथा थप स्पष्ट गरिनेछ पार्टीका सचिव योगेश भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण