भागबण्डामा कुरा नमिल्दा कांग्रेसमा लफडा, मन्त्रीको नाम नपठाउने पौडेल समुहको निर्णय
काठमाडौं– १३ ओटा मन्त्रालय पाएको नेपाली कांग्रेसमा आन्तरिक भागबण्डा नमिल्दा विवाद उत्पन्न भएको छ । नेता रामचन्द्र पौडेल पक्षधरले सरकारमा सहभागिताबारे चित्न बुझ्ने अवस्था नआए सरकारमा सहभागि नहुने निर्णय गरेको छ ।
पौडेल निवास बोहराटारमा बुधबार अपरान्ह निकटस्थ नेता तथा सांसदहरुको बैठकले सरकारमा आफ्नो पक्षबाट सम्मानजनक सहभागिता हुनुपर्ने माग गरेको नेता प्रकाशमान सिंहले जानकारी दिए ।
बैठकमा देउवाले मन्त्री चयनमा एकलौटी गर्न खोजेको भन्दै आलोचना समेत भएको थियो ।
बिहान पनि नेता प्रकाशमान सिंह लगायतका नेताहरुसँग पौडेलले छलफल गरेका थिए ।
छलफलमा विगतदेखिनै भागबण्डाको परिपाटी रहेको र अहिले भने देउवाले मनपरी गरेको आरोप लगाइएको बताइएको छ ।
पौडेल समुहले १३ मन्त्रालयमध्ये कम्तीमा ५ मन्त्रालय माग गरेको छ । तर देउवाले भने बढीमा ४ मन्त्रालय मात्रै दिन सक्ने बताएका छन् । देउवाले मागेको जति मन्त्रालय नदिने भएपछि पौडेल समुह रुष्ट बनेको बताइएको छ भने सोहि कारण पौडेल समुहले मन्त्रीको नाम पठाएको छैन ।
तर देउवाले भने पौडेलको अनसन्तुष्टिका बीच आफू निकटका चार नेताको नाम मन्त्रीमा सिफरिस गरेका छन् । नेताहरुका अनुसार देउवाले अर्जुननरसिंह केसी, प्रकाशशरण महत, वालकृष्ण खाण र जीवन शाहीको नाम मन्त्रीमा सिफारिस गरेको बताइएको छ । यस्तै बाँकी मन्त्रीको नाम टुंगो लगाउन छलफल चलिरहेको बताइएको छ ।
कांग्रेसमा आन्तरिक भागबण्डा मिल्दा नसक्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण