नेत्रहिन दम्पति घर पाएपछि दंग
बुधबार, ०८ भदौ २०७३, २० : ५६
उर्लाबारी– उर्लाबारी–१ विशाल टोलका नेत्रहिन दम्पत्ति होमबहादुर बयलकोटी र सम्झना लिम्बू (बयलकोटी) को घर निर्माण कार्य सम्पन्न भएको छ ।
फुसले बनाएको घरमा कष्टकर जीवन विताउँदै आएका ती दम्पत्तिहरुलाई न्यानो अभियान नेपाल उर्लाबारीको पहलमा टिनको छानो लगाएर बाँसको घर बनाइएको हो ।
घर निर्माणका क्रममा उर्लाबारी–१ घर भई इजराइलमा रहेकी रेम्ती धिमाल र इजराइलकी नागरिक चेम फाब्रेसले २५ हजार रुपैयाँ र न्यानो अभियान नेपालले ३५ हजार रुपैयाँ सहयोग गरेको थियो ।
घर निर्माणका क्रममा ६३ हजार ८ सय ८० रुपैयाँ खर्च भएको घर निर्माण समितिका संयोजक सरोज बस्नेतले बताएका छन् ।
खानेपानीका लागि कलसहित घर निर्माण गरिदिएको उनले जानकारी दिएका छन् ।
घर निर्माणसँगै रंगरोगन तथा शौचालय निर्माणको काम बाँकी रहेको न्यानो अभियानका अध्यक्ष पूर्ण सिंगक लिम्बूले बताएका छन् । बाँकी रहेको कामसमेत सहयोगीदाताको पहलमा सम्पन्न गरिने उनको भनाई छ । शौचालय निर्माण कार्यको पहल भइरहेको अभियानका सल्लाहकार ज्ञान योञ्जनले बताएका छन् ।
घर पाएपछि नेत्रहीन दम्पत्ति हर्सित बनेका छन् । उनीहरुले सहयोगीदाताहरुलाई धन्यवाद ब्यक्त गर्दै घर निर्माणमा पहल गर्ने संस्थालाई आभार प्रकट गरेका छन् । सम्झना गर्वभती रहेकाले उनका लागि रेम्ती धिमाललगायत साथीहरुबाट पठाएको ३ हजार १ सय १० रुपैयाँ पनि हस्तान्तरण गरिसकेको न्यानो अभियानका सदस्य विवेक हिङमाङले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण