कांग्रेसले मन्त्रीको नाम टुंगो लगायो, को को बन्दैछन् मन्त्री ?
काठमाडौँ– नेपाली काँग्रेसले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुङ्गो लगाएको छ । नेताहरुबीच आज बिहान भएको छलफलपछि मन्त्रीको टुङ्गो लागेको हो । कांग्रेसबाट सरकारमा सहभागी हुनेमा अजुननरसिंह केसी, डा प्रकाशशरण महत, बालकृष्ण खाँड, केशवकुमार बुढाथोकी, गगनकुमार थापा, शङ्कर भण्डारी, सीतादेवी यादव, हृदयराम थानी, रोमी गौचन, दीपक गिरी, नवीन्द्रराज जोशी र जीवनबहादुर शाही रहेका छन् । शुक्रबार मन्त्रालयको टुङ्गो लागेसँगै मन्त्रीको शपथ हुने काँग्रेसले जनाएको छ ।
वर्तमान सरकारमा नेकपा (माओवादी केन्द्र)ले आठ र काँग्रेसले १३ मन्त्रालय पाउने सहमति भएको थियो । पछि कांग्रेसभित्र विवाद भएपछि आन्तरिक भागबण्डा मिलाउन प्रधानमन्त्री प्रचण्ड थप एक मन्त्रालय दिन राजी भएका थिए । काँग्रेसबाट यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रुपमा निधि र भौतिक योजना तथा यातायातमन्त्रीका रुपमा रमेश लेखक नियुक्त भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण