राप्रविसंको महाधिवेशन मङ्सिरमा
बिहीबार, ०९ भदौ २०७३, २१ : २१
काठमाडौँ - राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनको तेस्रो महाधिवेशन आगामी मङ्सिर २५ देखि २७ गतेसम्म काठमाडौँमा हुने भएको छ । महाधिवेशन सम्पन्न गर्नका लागि उज्ज्वल पोखरेलको संयोजकत्वमा ७० सदस्यीय आयोजक समिति गठन भएको छ । समितिले कात्तिकसम्ममा जिल्ला अधिवेशन सम्पन्न गराउने छ । नयाँ संविधान अनुसार सात वटै प्रदेशको संरचना अनुसार प्रतिनिधि छनोट गरिने छ । समितिले रवीन बस्नेत, विकासराज झा, रामचन्द्र लामिछाने, दीपक गौतम, बिसु खाती, जनक खड्का र मोहन सिंहलाई क्रमशः प्रदेश नं १ देखि ७ सम्मका विद्यार्थी संयोजक तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण