रोनाल्डो दोस्रो पटक युरोपको उत्कृष्ट खेलाडी घोषित, ग्रिजम्यान बने अभागी
एजेन्सी–क्रिष्टियानो रोनाल्डो युरोपको उत्कृष्ट खेलाडी घोषित भएका छन् । मोनाकोमा नेपाली समयअनुसार बिहिबार राती सम्पन्न एक विशेष समारोहकाबीच रोनाल्डोलाई उत्कृष्ट खेलाडी घोषित गरिएको हो ।
उनी आफ्नै क्लबका गेराथ बेल र एक्थेटिको म्याड्रिटका एन्टिनियो ग्रिजम्यानलाई पछि पार्दै वर्षको उत्कृष्ट खेलाडी घोषित हुन सफल भएका हुन् । फा्रन्सका एन्टिनियो ग्रिजम्यान फेरि तेस्रो पटक अभागी ठहरिएका छन् । च्याम्पियन्स लिग, युरो र यूरोको उत्कृष्ट खेलाडीमा पनि रोनाल्डोले ग्रिजम्यानलाई नै पछि पारेका छन् ।
यसअघि रोनाल्डोले सन् २०१४ मा पनि युरोपको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
गत सिजन रोनाल्डोले युरोपियन्स लिगको टप स्कोरर बन्दै रियल म्याड्रिडलाई किर्तिमानी ११ औं उपाधि दिलाउन सफल भएका थिए ।
उनले हालै सम्पन्न युरोकपमा आफ्नो देश पर्चुगललाई उपाधि दिलाउन समेत महत्वपूर्ण भूमिका खेलेका थिए ।
पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डो फाइनलमा घाइते भएका कारण खेल्न नसकेपनि टिमको लागि प्रेरणादायी सावित भएका थिए ।
उत्कृष्ट खेलाडी घोषित भएसँगै कार्यक्रममा बोल्दै रोनाल्डाले आफूले उपाधि जितेपनि तीनैजना यो उपाधिको समान हकदार भएको बताएका थिए ।
यो सँगै रोनाल्डो र लियोनेल मेसीले समान दुई पटक यो उपाधि जितेका छन् ।
मेसीले सन् २०११ र २०१५ मा यो उपाधि जितेका थिए ।
यसैबीच महिला तर्फबाट आडा हेडरबर्ग वर्षको उत्कृष्ट खेलाडी घोषित भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण