नेविसंघको पहिलो केन्द्रीय समिति बैठकः यस्ता छन् निर्णयहरु
काठमाडौँ – नेपाल विद्यार्थी सङ्घले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न दबाबस्वरुप जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
दुई दिन लामो चलेको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनपछिको पहिलो बैठकले लामो समयदेखि स्ववियु निर्वाचन नभएको भन्दै दबाब दिन जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
नेवि सङ्घका महामन्त्री कुन्दनराज काफ्लेले विभिन्न विश्वविद्यालयमा नियुक्त गरिने उपकुलपति, शिक्षाध्यक्षलगायत नियुक्त गर्दा भागबन्डाको आधारमा भन्दा प्रतिस्पर्धाका आधारमा गर्नुपर्ने निर्णय गरेको जानकारी दिए । यस्तै बैठकले नेवि सङ्घको ११औँ महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, महाधिवेशन निर्देशन समितिका संयोजक डा प्रकाशशरण महत सदस्य गोविन्द भट्टराई, किशोरसिंह राठौर, गुरुराज घिमिरे, प्रदीप पौडेल र निवर्तमान सभापति रञ्जीत कर्ण र उनका कार्यसमितिलाई धन्यवाद दिएको छ ।
यसैगरी कानुनभन्दा धेरै शुल्क लिएर कक्षा सञ्चालन गरेका विद्यालयमाथि छानबिन गरी कारबाही गर्न पहल गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण