विश्वका १० ‘हट’ राजनीतिज्ञ
काठमाडौं – राजनीति भन्ने वित्तिकै गम्भिर पेशाको रुपमा बुझिन्छ । यसमा पहिले पुरुषहरुको मात्र बोलबाला रहिआएकोमा पछिल्लो समय महिलाहरुको पनि उल्लेख्य सहभागिता हुने गरेको छ । राजनीतिमा लाग्ने महिलाहरु पनि सामान्य पहिरनमा देखिने बौद्धिक क्षविका मात्र हुन गर्थे ।
तर, पछिल्लो समय महिला राजनीतिज्ञहरुले ‘स्टेरियोटाइप इमेज’ लाई परिवर्तन गर्दै ग्ल्यामर्स अन्दाजमा प्रस्तुत हुने गरेका छन् । यहाँ त्यस्तै हट मानिएका विश्वका महिला राजनीतिज्ञहरुलाई प्रस्तुत गरिएको छ ।
वांजा हाडजोभिक
सर्बियाकी यी नेतृ सर्बियाको विदेश मन्त्रालयमा सल्लाहकारको रुपमा कार्यरत छिन् । उनको गोप्य तस्विरहरु बिलिक नामक पत्रिकाले सार्वजनिक गरेपछि उनी एकाएक चर्चामा आएकी थिइन् । अहिले सरकारले उनीमाथि निगरानीसमेत गरिरहेको बताइएको छ ।
सेटरिडा गियागिया
सन् १९९४ मा लेबनानमा हस्तक्षेप गर्ने सिरियन सेनाविरुद्धको लडाइँका लागि लेबनानकी यी नेतृ चर्चित छिन् । सिरियन सेनाविरुद्ध ११ वर्ष लडेकी उनले आफ्ै पतिलाई समेत जेलमा हालेकी थिइन् । उनले लेबनानलाई स्वतन्त्र बनाउन ठूलो भूमिका खेलेकी थिइन् ।
मारा कारफाग्ना
मारा पहिले मोडल थिइन् । तर पछि उनी इटालीको राजनीतिमा प्रवेश गरिन् । मोडलिङको बेला नग्न तस्विर समेत खिचाएकी उनले सन् २००४ मा महिला अधिकारको लागि भन्दै राजनीतिमा प्रवेश गरिन् । उनी पिपल अफ फ्रिडम पार्टीमा आबद्ध छिन् ।
एमा किएरनान आयरल्याण्डकी यी नेतृको एउटा विवादस्पद फोटो सार्वजनिक भएपछि चर्चामा आएकी हुन् । साथीसँग पार्टीमा खिचिएको तस्विर इन्टरनेटमा सार्वजनिक भएको थियो । निर्वाचनको ठीकअघि उनको तस्विर सार्वजनिक भए पनि उनले निर्वाचन जितेकी थिइन् । पछि उनको पूर्व प्रेमीले उनको तस्विर पत्रिकामा पठाइदिएको खुलासा भएको थियो ।
रुबी ढल्ला रुबी क्यानाडाको हाउस अफ कमन्समा पुग्ने पहिलो शिख महिला हुन् । भरतीयउ मूलकी रुवी १० वर्षको उमेरमा नै चर्चामा आएकी थिइन् । आफ्नो क्षेत्रको मन्दिरलाई भारतीय सेनाले ध्वस्त पारेपछि उनले भारतीय प्रधानमन्त्रीलाई पत्र लेखेकी थिइन् । पेशाले डाक्टर उनले एउटा चलचित्रमा पनि काम गरेकी छिन् । मिस इन्डिया क्यानाडामा दोस्रो स्थान हात पारेकी थिइन् ।
एलिना काबेभा
रसियाको संसद् सदस्य एलिना ओलम्पिकको स्वर्ण पदक विजेता जिम्नास्ट पनि हुन् । उनले २ वटा स्वर्णपदकका साथै १४ वटा विश्व च्याम्पियनसिप मेडल पनि जितेकी छिन् । सन् २००७ मा खेलबाट सन्यास लिएपछि उनी राजनीतिमा प्रवेश गरेकी हुन् । उनको र भ्लादिमिर पुटिनको अफेयर चलेको समेत खबरहरु आएका थिए ।
इभा काइली इभा युरोपियन संसद्को सदस्य हुन् । आर्किटेक्ट उनी समाचारवाचिका हुँदै राजनीतिमा प्रवेश गरेकी हुन् । सन् २००४ मा ग्रिसको डेमोक्रेटिक पार्टीकी सबैभन्दा कान्छी सदस्य बनेकी थिइन् ।
निकिता क्लासट्रुप
पोल्याण्डीकी यी नेतृ पार्टीमा लगाएको एउटा पहिरनका कारण रातारात चर्चामा आएकी थिइन् । त्यसपछि उनले त्यस्तै तस्विरहरु सेयर गर्ने गरेकी छिन् । समाजिक सञ्जाल इन्सटाग्राममा उनको १ लाख ३ हजार फलोअर्स रहेका छन् ।
निकोला मिनेटी
पेशाले डेन्टिस्ट निकोला इटालीका प्रधानमन्त्री सिल्भियो ब्रेलुस्कोनीको दाँतको उपचारपछि चर्चामा आएकी थिइन् । पछि सिल्भियोले नै उनलाई आफ्नो क्याबिनेटको सदस्य बनाए । पछि सिल्भियोलाई १७ वर्षीया यौनकर्मी मिलाएको उनीमाथि आरोप लागेको थियो ।
एन्जेला गेरेको
एन्जेला गेरेको अभिनय हुँदै ग्रीसको राजनीतिमा प्रवेश गरेकी हुन् । सन् १९८० ताकाकी चर्चित नायिका उनले प्लेव्वाईका लागि पनि मोडलिङ गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण