आखिर किन यो रसियाली नदी एकाएक रक्तिम रातो बग्न थाल्यो ?
बिहीबार, २३ भदौ २०७३, ११ : २६
रसियाको औद्योगिक क्षेत्र नजिकै रहेको एक नदी एकाएक रगतजस्तो रातो बग्न थालेको छ । तर यो कुनै श्राप वा अपशकुनको लक्षण होइन । यसको कारण कारखानाबाट निस्कने विभिन्न रसायन हुनसक्ने विभिन्न स्रोतले बताएको छ ।
नदी रगतजस्तो रातो भएपछि रसियाको नोरिल्स्कका स्थानीयले बुधबार यसका विभिन्न तस्बिरहरु इन्स्टाग्राममा राखेका थिए । यस्तो हुनुका पछाडि सटिक वास्तविकता थाहा नभएको स्रोतले बताएको छ ।
इबेरियन टाइम्सको रिपोर्ट अनुसार नदीको रङमा परिवर्तन भएको यो पहिलो पटक होइन, यसभन्दा पहिले धेरै पटक रगत पूरै रातो रङमा बगेको थियो । नजिकै रहेको निकेल फ्याक्ट्रीबाट निस्किएको प्रदुषणले नदीको रङ परिवर्तन भएको विश्वास गरिन्छ ।
नोरिल्स्क निकेल नामक उक्त फ्याक्ट्रीले भने नदीको रङमा परिवर्तन हुनुमा उनीहरुको केही पनि दोष नरहेको बताएका छन् । यद्यपी रसियाली सरकारले उक्त फ्याक्ट्रीको पाइपलाइनबाट प्रदुषण लिक हुँदा यस्तो भएको बताएको छ भने चाँडोभन्दा चाँडो अनुसन्धान गरी ठोस् निर्णयमा पुग्न आदेश दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण