दाह्री जुङ्गा पालेर गिनिज बुकमा नाम लेखाउने यी कान्छी महिला
बेलायतमा बस्ने हरनाम कौरलाई गिनिज बुक अफ वर्लड रेकर्डले ‘दाह्री भएकी सबैभन्दा कान्छी महिला’ को उपाधि दिएको छ । गिनिजले दाह्री र जुङ्गा भएकी हरनामको तस्बिरसमेत सार्वजनिक गरेको छ । ‘पलिसिसटिक ओभरी सिन्ड्रोम’ बाट पीडित हरनामको अनुहारमा सामान्यभन्दा बढि रौं पलाएका छन् ।
उनले २४ वर्ष २८२ दिनमा यो उपाधि हाँसिल गरेकी हुन् । सन् १९९० नोभेम्बर २९ तारिखका दिन जन्मिएकी उनले आफू ११ वर्षको हुँदा अनुहारमा अनावश्यक रुपमा रौं पलाएको थाहा पाएकी थिइन् ।
उनको दाह्री ६ इन्चसम्म लामो छ । थुप्रै पटक दाह्रीकै कारण प्रताडना सहन परे तापनि उनी यसको डटेर सामना गरिन् र सिख धर्मको मान्यता अनुसार यसलाई नकाट्ने निर्णय गरिन् । हरनामले यही वर्ष एक अन्तर्राष्ट्रिय फेसन सोमा पनि र्याम्पवक गरेकी थिइन् ।
प्रतिष्ठित गिनिज बुक अफ वर्लड रेकर्डस्ले गत बिहिबार आफ्नो ६२ औं संस्करण जारी गर्दै सो कुराको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी वायु फैलिने क्रम जारी, आज कहाँ-कहाँ हुनेछ वर्षा ?
-
इराकविरुद्ध फ्रान्सको गोल वर्षा
-
मंगलबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण