कपाल झरे ३ काम गर्नुहोस्
सोमबार, २७ भदौ २०७३, ११ : ०२
हल्काफुल्का कपाल झर्नु ठूलो समस्या होइन । आयु पूरा भएका कपाल झर्नु र नयाा पलाउनु प्राकृतिक प्रक्रिया नै हो । तर, हातले कपाल समातेर तान्दा औालाका बीच भागमा गुजुल्टै आउनु, राति सुतेर भोलिपल्ट बिहान हेर्दा शिरानीभर कपाल झर्नु सामान्य प्रक्रिया होइन । यसरी कपाल झरे के गर्ने रु हेयर डिजाइनर लक्ष्मी ठाकुरले केही टिप्स दिएका छिन् स्
१। कपाल अस्वाभाविक रूपमा झरिरहेको छ भने हेलचेक्रयाइँ गर्नु हुँदैन । कपाल झरेर सकिने भयो भन्ने चिन्ता छ र कपाल जोगाउन चाहनुहुन्छ भने सबैभन्दा पहिले लामो कपाललाई छोटो बनाइहाल्नुहोस् । लामो कपाल धेरै झर्ने सम्भावना हुन्छ । लामो कपालको ‘वेट’ धेरै हुने भएकाले छिटो झर्न सक्छ । कपाल छोटो बनाएपछि केही हदसम्म झर्न कम हुन्छ ।
२। कपाल छोटो बनाइसकेपछि ‘मिल्ड’ स्याम्पु प्रयोग गरेर कपाल झर्ने प्रक्रिया रोक्न सक्नुहुन्छ । अरू केमिकलयुक्त कुनै पनि स्याम्पु प्रयोग गरिरहनुभएको छ भने तुरुन्त बन्द गर्नुहोस् । मिल्ड स्याम्पु बजारमा पाइन्छ । यो केमिकललेस स्याम्पु हो । कपाल झर्न नदिन यो आफैँले गर्न सक्ने उपचार हो ।
३। कपाल झर्ने विभिन्न कारण हुन सक्छन् । शरीरमा लागेको रोग, खानपिनलगायतले कपालमा असर गरेको हो भने नयाँ उपचार प्रक्रियामा जानुपर्छ । यसका लागि सबैभन्दा पहिले त कपाल झर्नुको कारण पत्ता लगाउनु जरुरी हुन्छ । अन्य रोगका कारण कपालमा असर परेको हो भने पहिले रोगकै उपचार गर्नुपर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
-
जागिरबाट निकालिएपछि एक वर्षदेखि तनावमा थिए आत्मदाह प्रयास गरेका विवेक
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण