अप्रेशन थिएटर होस् त यस्तो पो !
काठमाडौं । अप्रेसन थिएटरमा बिरामी लगेपछि बिरामीको आफन्तलाई यसै त अप्रेसन कस्तो होला, के होला भन्ने चिन्ता, त्यसमाथि औषधी किन्न एकठाउँ, अप्रेशन उपकरण किन्न अर्कोठाउँ, दौडादौड र हैरानी नेपालका अस्पतालहरुमा सामान्य भइसकेको छ । बिरामीलाई अप्रेसनका लागि लगेपछि कुनै तनाव नलिई बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गरेर प्रतिक्षा गर्न पाए हुन्थ्यो भन्ने धेरैलाई लाग्छ । तर अन्र्तराष्ट्रिय स्तरको यो सुविधा कहाँबाट पाउनु, त्यसैले धन हुनेहरु धेरै विदेशी सुविधासम्पन्न अस्पतालमा दौडिन्छन् ।
तर अब धेरैको आलोचना सहने गरी त्यसरी विदेशी अस्पतालमा दौडिनु नपर्ने भएको छ । बिरामी अप्रेशनका लागि थिएटरमा लगेपछि खाना, पानीदेखि औषधी र उपकरण सबै आफै उपलब्ध हुन्छ, अपरेशन थिएटर आसपासमै । त्यसमाथि बिरामीलाई ईन्फेक्सन र ब्याक्टेरीयाको आक्रमणबाट थप जोखिमको तनाव पनि कम । यो हो नार्भिक इन्टरनेशनल अस्पतालको ‘लून–गंगा अपरेटिङ्ग सुईट्स’ ।
नेपालमै अन्र्तराष्ट्रिय स्तरको स्वास्थसेवा उपलब्ध गराउनका लागि नार्भिकले मंगलबारदेखि यो सेवा उपलब्ध गराउँदै छ । जसमा पूर्णतया अन्तर्राष्ट्रिय मापदण्डको अप्रेसन सेवा उपलब्ध छ ।
अस्पतालका नायव महाप्रबन्धक आर पी मैनालीले अमेरिकी खाद्य तथा औषधी नियन्त्रण नियोग (यूएसएफडी) को मापदण्ड अनुसारको अप्रेसन सेवा सुरु गर्न लागेको बताए । ‘अप्रेसन थिएटरमा जिरो ईन्फेक्सन, जिरो ब्याक्टेरीयल प्रविधीमा आधारित मापदण्ड अपनाईएको छ,’ उनले भने ‘थिएटरमा बिरामी लगेपछि जनरल वार्डमा ननिकाल्दासम्म औषधी, पानी, खाना र उपकरणहरुको सेवा भित्रै उपलब्ध हुन्छ ।’
अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहका अनुसार भारतीय इन्जिनियरहरुको डिजाईनमा अस्पतालले सुईट्स निर्माण सम्पन्न गरको हो । ‘बिरामीलाई उत्कृष्ट सेवा कसरी दिने भन्ने उद्देश्यले हामी यो नविनतम कक्षको शुभारम्भ गर्न गईरहेका हौं,’ उनले भने । ‘यो सेवा सञ्चालनपश्चात् तमाम शल्यक्रियालाई नयाँ मापदण्ड अनुरुप अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सकिने अठोट लिएका छाँै ।’
नयाँ सेवा अनुसार जब बिरामीलाई अप्रेसनको निश्चित हुन्छ त्यसपछि काउन्सिलिङ्ग गरिन्छ । तर अन्य साधारण नेपालका अरु अस्पतालमा भन्दा त्यहाँ जाने प्रकृया अलि फरक छ । काउन्सिलिङ्ग कोठादेखि अपरेसन थिएटरसम्म पुग्ने बिचको भागमा एउटा करिडोर छ, बाहिरबाट गएको बिरामी, ट्रली र स्वास्थ्यकर्मीमा भएका ब्याक्टेरिया त्यहाँबाट भित्र जान पाउँदैनन् । भित्र अटोमेटिक हाईप्रेसर लेमिनेटेड भित्ता भएको कोठा छ, जहाँको हावा र प्रकाश अटोमेटिक रुपमा निर्धारण हुन्छ । ‘भित्तो र भुईं शून्य ईन्फेक्सन, शून्य ब्याक्टेरीयल छ, जहाँ ०.३ माईक्रोनको ब्याक्टेरीया पनि बाँच्न सक्दैन’ सिनियर ईन्जिनियर श्रद्धा तोसनियाले भनिन् ।
थिएटरमा तीनवटा अपरेटिङ्ग सुईट्स छन् । त्योबाहेक अप्रेशन पूर्व बिरामीलाई तयार पार्ने कोठा, अप्रेशन पश्चात्को कोठा र आईसियू बेड पनि त्यसमा समावेश छन् । ‘दुईवटा मेजर र एउटा माईनर सुईट्स छ,’ उनले भनिन् ‘अप्रेसन गरेको बिरामीलाई जनरल वार्डमा नलैजाने बेलासम्म उपचारका लागि पोष्ट ओपी रुम र सर्जिकल आईसियू (एसआईसियू) पनि यस्तै शून्य व्याक्टेरीयल प्रविधीमा निर्माण गरिएको छ ।’ जहाँ ईन्फेक्सन फैलने डर शुन्य हुन्छ । यीबाहेक अप्रेशन थिएटरमा आगलागी, अन्य जोखिमपूर्ण समस्या हुँदैन । अर्को महत्वपूर्ण कुरा सफा सामान लैजाने बाटो र फोहर सामान लैजाने बाटो पनि फरक–फरक छ । ‘डर्टी करिडोरमा अप्रेशनपछिका फोहर उपकरणहरु ल्याउने गरिन्छ, जसले गर्दा बिरामीका ब्याक्टेरीया अन्यत्र फैलन पाउँदैन ।’ उनले भनिन् ।
तर यो सेवा लिने बिरामीलाई पहिलाभन्दा थप शुल्क भने लाग्दैन । ‘जे पहिलाको रेट थियो त्यसैमा नै यो सुविधा उपलब्ध हुने छ’ अस्पतालकी डा. प्रगती थापाले भनिन् ।
उक्त सेवाको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले मंगलबार गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
-
जागिरबाट निकालिएपछि एक वर्षदेखि तनावमा थिए आत्मदाह प्रयास गरेका विवेक
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण