बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘छक्का पञ्जा’ लाई चौतर्फी तारिफः करिष्मा मानन्धर भन्छिन्, ‘फिल्म माटो सुहाउँदो, मन समाउँदो’

शुक्रबार, ३१ भदौ २०७३, १० : १०
शुक्रबार, ३१ भदौ २०७३

काठमाडौं । गत शुक्रबारबाट प्रर्दशनमा रहेको दिपाश्री निरौलाको डेब्यु निर्देशनमा रहेको चलचित्र ‘छक्का पञ्जा’ हेरेपछि सदाबहार नायिका करिष्मा मानन्धरले फिल्म माटो सुहाउँदो, मन समाउँदो भन्दै फिल्मको खुलेर प्रशंसा गरेकी छिन् ।

फिल्म हेरेपछि विभिन्न दलका नेतालगायत मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यदेखि बीबीसी सम्पादक रबिन्द्र मिश्रसमेतले यसको दिल खोलेर प्रशंसा गरेका छन् । विभिन्न व्यक्तित्वले फिल्मको निकै चर्चा गरिरहेका बेला मानन्धरले पनि फिल्म सबै तरिकाले राम्रो भएको बताएकी छिन् ।

बिहिबार आफ्नो फेसबुकमा चारवटा फोटोहरु अपलोड गर्दै उनले लेखेकी छिन्, ‘छक्का पञ्जा माटो सुहाउँदो, मन समाउँदो । ’

फिल्मको थप प्रशंसा गर्दै उनले फिल्म अत्यन्तै राम्रो चलचित्र साबित भएको लेखेकी छिन् । फिल्मको निर्देशन र ‘टीम वर्क’ ले पनि आफूलाई निकै आकर्षित गरेको करिष्माले बताएकी छिन् ।

नेपाली सिने इतिहासमा विभिन्न रेकर्ड बनाउन सफल यो फिल्ममा ६० भन्दा बढि कलाकारले अभिनय गरेका छन् । फिल्मको शीर्ष भूमिकामा दीपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङलागायतको अभिनय छ । ९० लाखमा निर्माण भएको फिल्मले एक हप्ताभित्रै ६ वटा रेकर्ड (डेब्यु महिला निर्देशक, छोटो समयमा तीन करोड व्यापार, एकै दिनमा एक करोडभन्दा बढी, सातमा ६ हल हाउसफूल, मोफसलमा नाइट सो र फिल्म हेर्न तीन प्रधानमन्त्री) बनाउन सफल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप