बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

तीन महिनासम्म आइएसआइएसको ‘सेक्स स्लेभ’ रहेकी यी युवती बनिन् युएनको गुडविल एम्बेसेडर

शुक्रबार, ३१ भदौ २०७३, १३ : १८
शुक्रबार, ३१ भदौ २०७३

आइएसको चंगुलमा करिब तीन महिनासम्म ‘सेक्स स्लेभ’ रेहकी यजीदि युवती नादिया मुरादलाई युनाइटेड नेसन्स (यूएन) ले गुडविल एम्बेसेडर बनाएको छ । शुक्रबार नादियाको औपचारिक रुपमा नाम घोषणा गरेपछि यूएनले भन्यो, ‘नादियाले हामीसँग मिलेर मानव तस्करी विरुद्ध लड्नेछिन् र यसबारे मानिसहरुलाई चेतना फैलाउनेछिन् ।’

को हुन् नादिया ? सन् २०१४ मा नादिया जब २१ वर्षकी थिइन् तब उनलाई आइएसआइएसका आतंककारीले इराकमा रहेको उनको गाउँबाट उठाएर लगेका थिए । इस्लामिक स्टेममा उनीमाथि दैनिक शोषण गरिन्थ्यो । उनलाई त्यहाँ करिब तीन महिनासम्म बन्धक बनाएर राखियो । आतंककारीको चंगुलबाट छुटेपछि उनले गत वर्ष डिसेम्बरमा आफ्नो कहानी यूएनको सेक्युरिटी काउन्सिलमा सुनाएकी थिइन् ।

यूएनको सेक्युरिटि काउन्सिलमा के भनिन् नादियाले? ‘मेरो अगाडि नै मेरो भाइ र बुवाको हत्या गरिएको थियो । त्यसपछि आइएसआइएसका लडाकूले मलाई मोसुल शहरमा लिएर गए,’ उनले आफ्नो कहानी यसरी बताएकी थिइन् । ‘बाटोभरी उनीहरुले ममाथि हातपात गरे । मैले निकै राईकराई गरी उनीहरुसँग आफूलाई रिहा गर्न आग्रह गरें तर मेरो रोदनले उनीहरुको मन पग्लिएन, उल्टै मलाई बेस्सरी पिटे ।’

उनका अनुसार त्यसको केही दिनपछि उनलाई ती अपहरणकारीले आतंककारीलाई सुम्पिए । उनीहरुले दैनिक उनको बलात्कार गर्ने गरेको उनले बताइन् । उनी भन्छिन्, ‘जब मैले भाग्ने कोसिस गरें तब मलाई सुरक्षागार्डले समाते ।’ उनका अनुसार त्यसदिन उनलाई नरम्रोसँग कुटियो र सबै कपडा उतारेर सुरक्षाकर्मीहरुलाई सुम्पियो । ‘त्यो रात मलाई त्यतिबेलासम्म बलात्कार गरियो जबसम्म म बेहोस भइनँ,’ उनी भन्छिन् ।

उनको कहानी सुनेर थुप्रै रोए: नादियाले जब आफ्नो ती दिन बारे यूएनको सेक्युरिटी काउन्सिलका मेम्बरलाई सुनाइन् तब उनीसँगै धेरैजना रोएका थिए । उनीहरुले नादियाको हिम्मतको तारिफ गरे । यस्तै, यूएनका अनुसार इस्लामिक स्टेट यजीदी समूदायलाई सखाप गर्नका लागि नरसंहारको कोसिस गर्नसक्छ । यूएनले सेक्युरिटी काउन्सिलमार्फत यो मुद्दालाई इन्टरनेशनल कोर्टमा पुर्याउने अपिल गरेको थियो ।

नादियाले भनिन्, ‘आइएसआइएसको विरुद्ध लडिरहन्छु’ नादियाका अनुसार उनको लडाई आइएसआइएसको विरुद्ध जारी रहन्छ । नादिया बेलायतमा बसेर इराकको हिंसा पीडितहरुलाई जुटाउन लागि परेकी छिन् । नादिया रिफ्युजी क्याम्पमा बसिरहेका महिलाको मद्दत चाहन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप